काठमाण्डौ , २ माघ ।
गीतकार तथा गजलकार पदमा लिंखा मगरको गजल संग्रह “उज्यालोको खोजी “ को समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली साहित्यको बिकाश बिस्तारमा लामो समय देखि निरन्तर बिबिध कार्यक्रम गर्दै आएको परिवर्तन सरगम साहित्य प्रतिष्ठानले आज राजधानीको आर आर क्याम्पसमा एक कार्यक्रमको आयोजना गरि गजलकार मगरको गजल संग्रहको समिक्षा कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेलले गजलमा नयाँ आयाम थप्नका लागी उज्यालोको खोजी गजल संग्रहले योगदान पुर्याएको भन्दै प्रशंसा गर्नु भएको थियो ।उहाले भन्नुभयो ,नेपाल बाहिर रहेर पनि गजल संग्रह नै निकाले यस क्षेत्रमा निरन्तर लागेको देख्दा हर्सित भएको छु , यो कृतिले अझै नया कृतिको जन्म हुनेछ ।
पुस्तकको सुभकामना दिदै सस्थाका कोषअधक्ष्य घनश्यामले पद्मा लिंखाकै धन्यबाद पत्र पढ्नु भएको थियो । अमेरिकाको न्युवोर्क बस्दै आउनु भएकी गीतकार तथा गजलकार पद्मा लिंखा मगरले “उज्यालोको खोजि” को बिक्रिबाट जम्मा भएको सबै रकम समाज सेवामा खर्च गर्ने बताउनु भयो ।
कार्यक्रम को समापन गर्दै सस्थाको अध्यक्ष कमल सर्गमले उहाको यो क्षेत्रको लगाब देखेर साहित्यले अर्को नया सर्जक पाएको र निरन्तर उहाको लगाब साहित्यमा रहने बताउनु भयो ।
कार्यक्रममा पुस्तककै सर्जक गीतकार तथा गजलकार पद्मा लिंखा मगरको गजल संग्रह संग्रह “उज्यालोको खोजी “ को केहि गजलहरु सहभागी स्रस्टाहरुले वाचन गरेका थिए ।
कार्यक्रमको सन्चालन प्रतिष्ठानका महासचिव गोबिन्द लामिछानेले गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि गजल सम्राट ज्ञानुवाकर पौडेल बिसिस्ट अतिथिहरु चर्चित गजलकार मानन्धर अभागी ,उदाश कार्की ,सिब सक्ति आचार्य लगायतको उपस्तिथि रहेको थियो ।
सस्थाले मासिक रुपमा गर्दै आएको रचना वाचन पनि आज सम्पन्न गरेको थियो । कार्यक्रममा बिभिन्न सर्जकले आफ्ना रचना पढेर सुनाएका थिए ।
कार्यक्रममा बिभिन्न सर्जकले आफ्ना रचना पढेर सुनाएका थिए ।
भिडियो हेर्नुहोस्





