काठमाडौं २ माघ ।
पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको उपाधिका लागि आज फिदिम स्पोर्टिङ क्लब र ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबबीच प्रतिस्पर्धा हुदैछ ।
खेल दिउँसो २ बजे फिदिम खेल मैदानमा हुनेछ । काठमाण्डौंको चर्च ब्वाईजलाई पराजित गर्दै फिदिम स्पोर्टिङ क्लब फाईनल प्रवेश गरेको हो ।
यता ताप्लेजुङको सोनाम स्मृति क्लबले सिक्किमको कामराङ फुटबल क्लबलाई हराउदै उपाधि भिडन्त पक्का गरेको हो ।
दुवै टिममा अफ्रिकी मुलका खेलाडी र ए डिभिजन क्लबमा आबद्ध खेलाडीको बाहुल्यता छ । आठ टिम सहभागि प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैया र उपविजेताले ५५ हजार रुपैया प्राप्त गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline