काठमाण्डौ, १ माघ । बंगबन्धु गोल्डकप फुटबलको समुह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकिएको छ । पहिलो हाफ्मा नेपाल फितलो देखिए पनि बंगलादेशले गोल भने गर्न सकेन । नेपाल तुलनात्मक रुपमा आज लय बिहीन देखिएको थियो । बंगलादेशका केही शसक्त प्रहारलाई नेपालका गोल किपर विकेश कुथुले उत्कृष्ट बचाउ गरेका थिए । दोस्रो हाफ्मा नेपालले सुधारीएको प्रदर्शन गरेको थियो ।
नेपालका आदित्य चौधरीले उत्कृष्ट रुपमा प्रहार गरेको फ्रिकिक बंगलादेशका गोल किपरले बचाएका थिए । त्यस बाहेक नेपालले खासै आक्रामक मुभ गर्न सकेन । आजको नतिजा बराबरी भए पनि गोल अन्तरका आधारमा समुह ए बाट बिजेता बन्दै आयोजक बंगलादेश सेमिफाईनल प्रवेश गर्न सफल भएको छ भने नेपाल उपविजेता बनेर सेमिफाईनल गएको छ ।
नेपाल रहेको समूहको अर्को खेलमा शुक्रबार श्रीलंकाले मलेसियाको फेल्डा युनाइटेडलाई २–१ ले हराएपछि नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुगेको थियो । श्रीलंकाले जितपछि बंगलादेशपनि सेमिफाइनलमा पुगेको छ । बंगलादेशलाई पराजित गर्न सके नेपाल समूह विजेता हुने छ । प्रतियोगितामा समान २ खेल खेलेका नेपाल र बंगलादेशको ४–४ अंक छ । सबै ३ खेल खेलेको श्रीलंकाको ३ अंक तथा फेल्डाको २ अंक मात्र भयो । समूह ए मा रहेको नेपालले यसअघि श्रीलंकालाई १–० ले हराएको थियो भने पहिलो खेलमा मलेसियालाई गोलरहित बराबरीमा रोकेको थियो ।