राष्ट्रियता धरापमा पार्न खोजिए बम पट्कीन्छ : नेता रणबीर (फोटो फिचर)

राष्ट्रियता धरापमा पार्न खोजिए बम पट्कीन्छ : नेता रणबीर (फोटो फिचर)

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

काठमाडौं, १ माघ ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका पोलिटब्युरो सदस्य एव्म भेरी कर्णली राज्य इन्चार्ज भरत बम ‘रणबीर’ ले राष्ट्रियतालाई धरापमा पार्न खोजिए बम पट्कीन सक्ने बताउनु भएको छ ।

नेकपा माओवादीका निकट राष्ट्रिय युवा जनस्वयमसेवकको मेची ÷महाकाली एकीकृत युवा अभियानको समापन कार्यक्रलाई सम्बोधन गर्दै नेता रणबीरले विभिन्न वहानमा राष्ट्रियतामाथि प्रहार गर्न खोजिए नेकपा माओवादीले त्यसको शसक्त प्रतिकार गरिने बताउनु भयो ।

गत मंसिर १५ गते सुदुरपुर्वको झपाबाट सुरु गरिएको अभियान हिजो सुदुरपश्चिमको कञ्चनपुर पुगेर समापन गरिएको राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय सचिव किरन केशबले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वाभिमान र जन अधिकार प्राप्तिका लागि जनता जागृत गर्न र नेकपा माओवादीले क्रान्ति जारी राखेको छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले जनस्वयमसेवकले यो अभियान थालेको हो ।

युवा अभियानसंगै सामाना परिवारको साँस्कृतिक कार्यक्रम पनि समावेश गरिएको थियो । अभियानका क्रममा सामना परिवारका कलाकारहरुले पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न स्थानमा कलात्मक साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

राष्ट्रियता बेच्नेलाई चुनौती दिन युवा जनस्वयमसेवकको अभियान सफल भएको उहाँले दाबी गर्नुभो । साथै देशको अहिलेको संकट हल गर्न क्रान्तिकारी र रास्ट्रबादी सबै जनता एक हुनका लागि समेत नेता रणबीरको अनुरोध छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी