सरकारले मुढा बेच्दा सर्वसाधरणलाई सास्ती (भिडियो सहित)

सरकारले मुढा बेच्दा सर्वसाधरणलाई सास्ती (भिडियो सहित)

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डौ ,३० पुस ।

भारतीय नाकान्दी र मधेश आन्दोलनका कारण ईन्धन अभाव भएसँगै राजधानीबासिलाई सरकारले मुढा बिक्रि गरेको थियो ।

खाना पकाउने एलपि ग्यासको विकल्पका रुपमा सरकारले दाउरा बिक्री गर्ने निर्णय गरेसँगै सुरुका दिनमा दाउरा किन्ने सर्वसाधारणको भिड बढेपनि पछिल्लो समय न्युन देखिन थालेको छ ।

दाउरा पाएपनि घरमा बाल्न नपाउने त्यसमा पनि मुडा किन्नु पर्ने भएपछि दाउरा किन्ने सर्वसाधारणहरुको कमी भएको हो । मुडा किनेपछि चिराउन र बोकेर घरसम्म लैजान नै सास्ती हुने स्वयम्भुकी नितु राई बताउछिन् ।

उनले भनिन , ग्यास नभएपवछि दाउरा किन्न आएको तर मुढा दिएपछि बोकेर लैजान नै गाह«ो भयो । चिराउन मान्छे पनि नपाउने ।

‘द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड (टिसीएन) स्वयम्भु डिपोमा भेटिएकी सोहि स्थानकी भगवती शर्माले भने केजीको ४ रुपैया दिने सहमतीमा मुढा चिर्न लगाएको बताउदै भनिन् , मुढा किन्न पनि पैसा ,चिराउन पनि त्यहि हिसाबमा र बोक्नेलाई पनि त्यसरि नै पैसा तिनुपर्ने रहेछ ।

यो हैरानी देखेर दिक्क लाग्यो ,कमसेकम दाउरा नै दिएको भए त हामि जस्ता बृद्धबृद्धा र बालबालिकाले पनि सजिलै लैजान सक्थे नि ।

उनीहरुमात्र हैन सुरुमा दाउरा किन्न जुरमुराएकाहरु पनि मुढामात्रै पाउने भएपछि रुचाउन छोडेका छन् ।

वन तथा भू–संरक्षण मन्त्रालयको कात्तिक २४ गतेको निर्णयपछि ‘द टिम्बर कर्पाेरेसन अफ नेपाल लिमिटेड (टिसीएन)’ले ऊर्जाको सङ्कट टार्न सर्वसाधारणलाई दाउरा बिक्री गरेको थियो ।

न‘सरकारले सुरुका दिनमा दाउरा भन्दै बिक्री गरेको काठ सर्वसाधारणले चिरेर बिक्री गर्न सरकारलाई आग्रह गरेका थिए ।चिरेको काठ भन्दै बिक्री गरेको सर्वसाधारणको गुनासोपछि चिर्ने जनाएको सरकारले अझै मुढै बिक्री गर्दै आएको छ ।

भिडियो हेर्नुहोस्

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी