नेपालले बदला लियो श्रींलका बिरुद्ध

नेपालले बदला लियो श्रींलका बिरुद्ध

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ, २९ पुस । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटवलमा नेपालले श्रीलंका बिरुद्ध १–० को जीत निकाल्दै साफमा भएको पराजयको बदला समेत लिएको छ । भारतमा भएको साफमा नेपाल श्रीलकासग १–० ले पराजीत भएको थियो । यद्यपि यस प्रतियोगीतामा नेपालको २३ वर्ष मुनिको राष्ट्रिय टिमले सहभागीता जनाएको छ । ढाकाको बंगबन्धु रंगशालामा जारी खेलको दोस्रो मिनेटमा नै बिमल घर्ती मगरले गोल गर्दै नेपाललाई जीतको दिशामा अघि बढाएका थिए ।
डिफेन्डर रबिन श्रेष्ठको पासमा बिमलले गोल गरेका थिए । त्यस पछि अन्जन विष्ट, हेमन गुरुङ, नवयुग श्रेष्ठ र बिक्रम लामाले पाएका अवसरहरु खेर फाल्दा नेपाल थप गोल गर्नबाट चुक्यो । निकै आक्रामक खेल खेलेको नेपालको डिफेन्स लाईन केही फितलो बनेको थियो । पहिलो खेलमा मलेसियाको फेल्डासंग गोलरहित बराबरी खेलेको नेपाल सेमिफाईनल पुग्ने संभावना बलियो बनेको छ । नेपालको ४ अंक भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा शुक्रबार आयोजक बंगलादेश विरुद्ध खेल्ने छ ।
नेपाल सम्मिलित समुह एमा श्रीलंकासंगै मलेसिया र बंगलादेश छन् । तालिकामा एक अंक जोड्दै नेपाल दोस्रो स्थानमा छ भने अंक विहिन श्रीलंका तालिकाको पुछारमा छ । शिर्ष स्थानको बंगलादेशको ३ अंक छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग ४–२ गोल अन्तरले पराजित भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी