हलिया ‘‘क’’ वर्गको परिचयपत्र पाउनेसँग ४३ रोपनी जग्गा

हलिया ‘‘क’’ वर्गको परिचयपत्र पाउनेसँग ४३ रोपनी जग्गा

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

जाजरकोट, २९ पुस ।

जिल्लामा ‘‘क’’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येका दसेरा–८ का कालीबहादुर चदाराका बुबा तुले चदाराको नाममा ४३ रोपनी जग्गा दर्ता भएको पाइएको छ । जिल्ला मालपोत कार्यालयको जग्गाधनी दर्ता श्रेस्ता अध्ययन गर्दा यस्तो पाइएको हो ।

कालीबहादुर चदारा जस्तै काली वर्गको हलिया परिचयपत्र पाइसकेका ढिमे–५ की नन्दकली कामीका पति धनसिंह कामीको नाममा २५ रोपनी, दशेरा– ९ का मानसिंह चदाराका बुबा ददे चदाराका नाममा २३ रोपनी, साल्मा–५ का वीरवल कामीका बुबा धने कामीको नाममा २७ रोपनी, ढिमे–२ का विर्षबहादुर तिरुवाको आफ्नै नाममा–९ रोपनी, कार्कीगाउँ–६ का जीतबहादुर सार्कीको आफ्नै नाममा पाँच रोपनी जग्गा दर्ता रहेको मालपोत श्रेस्तामा पाइएको छ ।

त्यसैगरी ‘‘क’’ वर्गकै हलिया परिचयपत्र पाउनेमध्येकी साल्मा–५ की मनसरी कामी आफ्नै नाम, हरिबहादुर नेपाली र कल्से कामी गरी तीन जनाको संयुक्त जग्गाधनी दर्ता श्रेस्तामा २३ रोपनी, १४ आना, एक पैसा तीन दाम जग्गा रहेको देखिएको छ ।

ती जग्गाधनी ‘‘क’’ वर्गको हलिया परिचयपत्र पाउनेमध्येकै हुन् । ‘‘क’’ वर्गको हलिय परिचयपत्र लिइसकेका कालीबहादुर चदाराले दुई वर्षसम्म शेरा–८ का नरबहादुर डाँगीको घरमा रहेर हलिको रुपमा काम गरेको विवरण उल्लेख गरेका छन् ।

साल्मा–५ की मनसरी कामीले साल्मा–५ कै भीमबहादुर बस्नेतको घरमा सात वर्ष हलिया बसेको उल्लेख गरेकी छिन् । ढिमे–२ का वीर्षबहादुर तिरुवा ढिमे–२ कै हिउकली चन्दको घरमा आठ वर्ष, ढिमै–५ की नन्दकली कामीले ढिमे–५ कै कृष्णबहादुर विष्टको घरमा ६ वर्ष हलिया रहेको विवरणमा उल्लेख गरेका छन् ।

जिल्लामा ‘‘क’’ वर्गमा ४६, ‘‘ख’’ वर्गमा ५, ‘‘ग’’ वर्गमा सात र ‘‘घ’’ वर्गमा ७० जना गरी जम्मा १२८ जनाले हलिया परिचयपत्र पाइसकेको जिल्ला मालपोत कार्यालय प्रमुख जनक हमालले जानकारी दिनुभयो ।

जिल्लामा ४४४ जनाको लगत सङ्कलन भएकामध्ये १६५ जनाको प्रमाणीकरण भइसकेको प्रमुख हमालले बताउनुभयो ।

जिल्ला मालपोत कार्यालयले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षमा सय जना हलिया पूनःस्थापनाका लागि मन्त्रालयबाट स्वीकृत बजेट रु एक करोड २८ लाख ६० हजार रहेको छ । जसमा जग्गा खरिद ३५ जना, घर निर्माण पाँचजना, घरमर्मत ६० जना परेको जनाइएको छ । जग्गा खरिदमा प्रति व्यक्ति रु दुई लाख ५००, घर निर्माणमा प्रति व्यक्ति रु तीन लाख २५ हजार र घर मर्मतमा प्रतिव्यक्ति रु एक लाख २५ हजारका दरले अनुदान दिने जनाइएको छ ।

दुर्गम र भौगोलिक विकताका कारण नेपाल सरकारको मुक्त हलिया पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न निकै गाह्रो भएको जिल्ला मालपोत कार्यालय प्रमुख जनक हमालको भनाइ छ । उहाँले सबै जिल्लामा हुने सबैखालका जटिलताले मुक्त हलिया पुनःस्थापना कार्यक्रम त्रृटिपूर्ण हुनसक्ने बताउनुभयो ।

जिल्लामा हलियाको लागतमा नभएर तीनपुस्ते विवरणमा जग्गा नभएका सुकुम्वासीको सङ्ख्या ११९ जनाको लगत जिल्ला मालपोत कार्यालयमै भएको जानकारीमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी