काठमाण्डौ ,२७ पुस ।
बंगलादेशमा हुने अण्डर १९ बिश्वकप क्रिकेटको तयारीका लागि भारतमा रहेको नेपाली टोली अभ्यास खेलमा आज अफगानिस्तानसँग ८३ रनले पराजित भएको छ । भारतको धर्मशालामा भएको खेलमा नेपाल पराजित भएको हो ।
२ सय ३३ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४३ ओभर १ वलमा १ सय ४९ रनमा समेटियो । दीपेन्द्र सिंह ऐरी ४२, शंकर राना ३९, कुशल भुर्तेलले २३ र सुनिल धमलाले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नेपाली टोलीलाई सस्तैमा समेट्न जिया–उर रहमान अक्बरले सर्वा्धिक ५ विकेट लिए ।
४५ ओभरमा छोट्याईएको खेलमा टस जितेर ब्याटिङ् गर्दै अफगानिस्तानले ८ विकेट गुमाउँदै २ सय ३२ रनको योगफल बनाएको थियो । तारिक स्टानिक्जाईले ६४ र नभिद ओबाई्डले ४४ रन जोडे । आरिफ शेख र सन्दिप लामिछानेले समान ३–३ विकेट लिएपनि अफगानी टोलीलाई सस्तैमा समेट्न भने सकेनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline