२७ पाैष काठमान्डाै / हिमाली तथा विश्वकै सर्वाेच्च सगरमाथाको जिल्ला सोलुखुम्बुमा सन्चालित सामुदयिक आँखा केन्द्र सोलुखुम्बु तिल्गंगा आँखा अस्पत।ल ओपथाल्मोजी काठमान्डाैबाट बर्षाकै उत्कृष्ट आँखा केन्द्रको रुपमा छनाैट गरी पुरस्क्रित भएको छ ।
हिमालयन कटारक्ट प्रोजेक्ट युएसए को सहयोगमा तिल्गंगा आँखा केन्द्र र हिमाली स्व।स्थ्य तथा बातावरणीय सेवा सोलुखुम्बुले सन २००३देखि सोलुखुम्बुमा रहेका आँखा का बिरामी हरुका लागि बिभिन्न आँखा कार्यक्रमहरु सन्चालन गर्दै आइरहेका छन्।
प्राय बर्षेनी बिभिन्न गा .बि.स हरुमा सन्चालन गर्दै आईरहेकाे आँखा शिबिर कार्यक्रम बाट सोलुखुम्बु का आँखाका बिरामी मात्र नभएर छिमेकी जिल्ला ओखल्डुंगा खोटाङ लगायत का बिरामीहरुले पनि सेवा लिदैआइरहेकाे हिमाली स्वास्थ्य तथा बातावरणीय सेवा का अध्यक्ष निमा तेन्दुप शेर्पा ले जानकारी दिनु भएको छ ।
पुरस्क्रित हुँदा गौरवन्बित महसुस भएको छ । काम गर्नका लागि थप् हौसला मिलेको छ ।अझै निकट भबिष्यमा आँखाका बिरामीहरुका लागि थप सेवा दिदै जाने सोच गरेको छु अध्यक्ष शेर्पा ले खुसी हुँदै बताउनु भयो ।

