कीर्तिमानी धावक पण्डित १ लाख नगदसहित सम्मानित

कीर्तिमानी धावक पण्डित १ लाख नगदसहित सम्मानित

  • सोमवार, पुस २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, पुस २७ । उल्टो हिँडेर अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो आरोहण गरेका कीर्तिमानी पर्वतारोही एवम् धावक सञ्जय पण्डितलाई पुरस्कृत गरिएको छ । पर्वतारोहणको माध्यमबाट देशको नाम संसारभर फैलाउन विशेष सहयोग र्पुयाएको कदरस्वरुप पूर्वलेफ्टिनेन्ट कर्णेल प्रवलशम्शेर राणाले पण्डितलाई प्रोत्साहनस्वरुप एक लाख रुपैयाँ प्रदान गर्दै सम्मान गरेका हुन ।

धावक पण्डितले गत डिसेम्बरमा किलिमन्जारो २५ घन्टा ४० मिनेट समय खर्चदै आरोहण गरेका थिए । पण्डितले नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले टोपी लगाएर आधार शिविर मरान्गुदेखि अफ्रिकाको सर्वोच्च शिखरसम्म उल्टो हिँडेर पुगेका थिए ।

उनले सगरमाथा, मनास्लु, जापानको फुजी, युरोप, अमेरिकालगायत महादेशका हिमाल आरोहण गरिसकेका छन् । त्यस्तै गत वर्ष अस्ट्रेलियाको सर्वोच्च शिखर पनि उल्टो हिँडेर आरोहण गरेको धावक पण्डितको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी