काठमाडौं,२७ पुस ।
चेल्सी एफए कप फुटबलको चौंथो चरणमा उक्लिएको छ ।
गए राति भएको खेलमा लिग वान क्लब स्कनथ्रोप युनाइटेडलाई २–० ले पराजित गर्दै चेल्सीले एफए कपको चौंथो चरणमा स्थान पक्का बनाएको हो ।
चेल्सीको जितमा १३ औं मिनेटमा डिएको कोस्टा र ६८ औं मिनेटमा रुबेन लोफ्ट्स चेकले गोल गरेका थिए ।
यस्तै राति नै भएको अर्को खेलमा अक्सफोर्ड युनाइटेडसँग ३–२ ले पराजित भएको स्वान्सी सिटी भने प्रतियोगिताबाट बाहिरिएको छ ।
टोटनह्याम र लिसेस्टर सिटीले २–२ को बराबरी खेलेपछि चौंथो चरण प्रवेशका लागि दुई टिमबिच फेरि खेल हुने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline