प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित

प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

जिरी, २६ पुस ।

पछिल्लो समय विद्यार्थी प्राविधिक शिक्षातर्फ आकर्षित हुन थालेका छन् ।

योग्यता र क्षमताको आधारमा रोजगारको अभाव हुने समस्या बढेसँगै आमविद्यार्थीको ध्यान प्राविधिक शिक्षालयले तान्न थालेको हो । विशेष गरी निर्माण, स्वास्थ्य, कृषिलगायत प्राविधिक शिक्षातर्फ विद्यार्थीको ध्यान केन्द्रित हुँदै गएको पाइन्छ ।

जिरी प्राविधिक शिक्षालयमा ३३औँ समूहका लागि विद्यार्थीको भर्ना खुलेको सूचना प्रकाशन गरेसँगै भर्ना हुन आउने विद्यार्थीको चाप देखिएको सहप्रधानाध्यापक गोपाल जिरेलले बताउनुभयो ।

जिरी प्राविधिक शिक्षालयको शनिबार सम्पन्न् विद्यार्थी भर्ना छनोट परीक्षामा कृषि, निर्माण र स्वास्थ्यतर्फ गरी १२० जना विद्यार्थीलाई अध्ययन गराइने भए पनि ३७८ जनाले भर्ना फारम भरेका छन् । प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीले चाँडै नै रोजगार पाउने र स्वरोजगार बन्ने भएकै कारण सैद्धान्तिक शिक्षा छाडेर प्राविधक शिक्षा लिनेको सङ्ख्या बढ्दै गएको छ ।

शिक्षालयमा भर्ना हुन दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, ताप्लेजुङ, दैलेख, कालिकोट, प्यूठानलगायतका जिल्लादेखि विद्यार्थी आएको शिक्षालयले जनाएको छ । स्वीस सरकारको सहयोगमा २०४० सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको जिरी प्राविधिक शिक्षालयबाट हालसम्म विभिन्न विषयमा प्राविधक तयार भइसकेका छन् ।

भूकम्पले शिक्षालयको भौतिक संरचनामा ठूलो क्षति पु¥याएपनि पुनःअध्ययन केन्द्र निर्माण गरी नियमित रुपमा कक्षा सञ्चालन भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी