नेपालले भोली अफगानिस्तानसँग खेल्ने

नेपालले भोली अफगानिस्तानसँग खेल्ने

  • आइतवार, पुस २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, २६ पुस ।

आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अफगानिस्तानको यु–१९ राष्ट्रिय क्रिकेट टोलीसँग अभ्यास खेल खेल्ने भएको छ ।

भारतको दिल्लीमा भोली हुने अभ्यास खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्ने भएको हो ।यसअघि भारतको हिमाञ्चल प्रदेशमा भएको तीन अभ्यास खेलमा नेपालले दुई खेलमा जित तथा एक खेलमा हार व्यहोरेको थियो ।

नेपालले दोस्रो र तेस्रो खेल आफ्नो पक्षमा पारेको थियो भने पहिलो खेलमा पराजय भोगेको थियो । नेपालले हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनलाई दोस्रो खेलमा तीन र तेस्रोमा आठ विकेटले पराजित गरेको थियो । त्यस्तै पहिलो खेलमा भने नेपाल दुई विकेटले पराजित हुन पुगेको थियो ।

उक्त नेपाली राष्ट्रिय क्रिकेट टोली बङ्गलादेशमा आगामी माघ ८ गतेदेखि हुने यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका लागि प्रशिक्षण तथा अभ्यास खेल खेल्न भारत पुगेको हो । विश्वकपमा नेपालसहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी