चिनियाँलाई निःशुल्क प्रवेशाज्ञा

चिनियाँलाई निःशुल्क प्रवेशाज्ञा

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौँ, २५ पुस ।

सरकारले चिनियाँ पर्यटकलाई निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरेको छ । सो निर्णयसँगै नेपाल आउने चिनियाँ पर्यटकको आगमन ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

चीनका पर्यटकलाई नेपालमा आकर्षित गर्नका लागि सरकारले सन् २०१६ को जनवरीदेखि लागू हुने गरी नेपाल आउने पर्यटकलाई निःशुल्क प्रवेशाज्ञा दिने निर्णय गरेको हो ।

यो ब्यावस्था लागु भएपछि भूकम्प र अघोषित नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नुका साथै गरेसँगै चीनबाट नेपाल आउने पाहुनाको सङ्ख्या बढ्ने अपेक्षा छ ।
नेपाल सुरक्षित रहेको सन्देश अन्तर्रा्ष्ट्रिय क्षेत्रमा प्रवाह गर्र्नाका साथै राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धनका लागि सेवा सुविधामा सहुलियत तथा सहजीकरणका कामलाई अगाडि बढाएको हो ।

भूकम्पलगत्तै चिनियाँ पर्यटकका लागि नेपाल जोखिमपूर्ण रहेको सूचीमा राखेको चीनले त्यसलाई सच्याउँदै पछिल्लो समय उक्त सूचीबाट हटाएको छ । हालै उप्रधानममन्त्री कमल थापाको चीन भ्रमणको अवसर पारेर चीनले नेपालमा आफ्ना पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिएको हो ।

जनसङ्ख्याका आधारमा विश्वकै ठूलो चीनबाट विभिन्न मुलुकमा करोडको सङ्ख्यामा पर्यटक निस्कन्छन् । तीमध्ये केही प्रतिशत मात्र नेपाल भित्र्याउन सके नेपालले आर्थिक उन्नत्तिमा सहयो सिद्ध हुनेमा दुई मत छैन ।
पछिल्लो समय ठूलो सङ्ख्यामा चिनियाँहरु विश्व भ्रमणमा जाने गर्छन् । चीन विश्वमै सबैभन्दा बढी पर्यटक भ्रमणमा पठाउने मुलुक हो ।

चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा शुल्क नलिने निर्णयसँगै अब बेइजिङस्थित नेपाली राजदूतावास, ल्हासा, साङ्घाई र हङकङस्थित महावाणिज्य दूतावासमा गएर चिनियाँ पर्यटकले नेपालका लागि निःशुल्क प्रवेशाज्ञा लिन सक्नेछन् ।

चिनियाँ पर्यटकलाई १५ दिने, ३० दिने र ९० दिने प्रवेशाज्ञा दिइने छ । चीन नेपालको दोस्रो ठूलो पर्यटक स्रोत मुलुक हो । सन् २०१४ मा विश्वभरबाट नेपाल भित्रिएका सात लाख ९० हजार पर्यटकमध्ये चिनियाँ मात्र एक लाख २३ हजार थिए ।

चिनियाँलाई निःशुल्क प्रवेशाज्ञा दिने निर्णयले नेपालमा उल्लेख्य सङ्ख्यामा पर्यटकको सङ्ख्या बढ्ने र यसले नेपालको अर्थतन्त्रमा समेत टेवा पुग्ने पर्यटन विभागका महानिर्देशक गोविन्दबहादुर कार्की बताउनुहुन्छ ।
“यो निर्णयलाई सरकारी र निजी क्षेत्रबाट व्यापक प्रचार गर्न सके यसले साङ्केतिक रुपमा ठूलो महत्व राख्छ, चिनियाँलाई नेपाल भ्रमण आउन पनि कम खर्च लाग्ने र उनीहरुलाई मनपर्ने धेरै चिज छन्, अर्कातर्फ भौगोलिक विविधता, सांस्कृतिक रहनसहन र जीवनशैलीको समानताले पनि पर्यटक आकर्षित हुन्छन्,”–उहाँले भन्नुभयो ।

सरकारले सन् २०१६ मा साढे दुई लाख चिनियाँ पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ । सन् २००३ मा चीनबाट एप्रभ्ड भिस्टिनेसन स्टाटस (एडिएस) पाएदेखि नेपाल भ्रमणमा गर्ने चिनियाँ पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ ।

उक्त अवधिमा सात हजार ५६२ रहेको चिनियाँ पर्यटकको सङ्ख्या बढेर सन् २०१४ मा एक लाख २३ हजार ८०५ पुगेको थियो, जुन सङ्ख्या नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५.७ प्रतिशत हो ।

चिनियाँ पर्यटक विशेष गरी नेपालमा संस्कृति, जीवनशैली र परम्पराका साथै जङ्गल सफारी, प्याराग्लाइडिङ र पदयात्रामा आकर्षित छन् । नेपालबाट चीनसँग सिधा हवाई सम्पर्क भएकाले पाँच एयरलाइन्सले चीन, काठमाडौँ उडान गर्दै आएका छन् । यो पनि पर्यटन बढाउने दरिलो आधार हो ।

महानिर्देशक कार्कीले पूर्वाधार विकास तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी गरी त्यहाँ पुग्ने सहज वातावरण सिर्जना गर्नाका साथै पर्यटनका कार्यक्रमलाई बढाउन नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रले सक्रियता जनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रचारात्मक र सहुलियत दुबै सुविधा हुने भएकाले प्रवेशाज्ञा शुल्क नलाग्ने निर्णयले चीनबाट पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निशुल्क प्रवेशाज्ञाले चिनियाँ पर्यटक बढ्ने मात्र नभई दुई देशबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने उल्लेख गर्नुभयो ।

नेपालको पर्यटन तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय चीनको लगानी अभिवृद्धि भइरहेको छ, यसले पनि चिनियाँ पर्यटकलाई आकर्षण गर्नेछ । सरकारको नीति अनुरुप लगानीको वातावरण बनेमा निजी क्षेत्रले व्यवसाय प्रवद्र्धन गरी पर्यटकीय पूर्वाधारलाई विशेष प्राथमिकता दिने टानका अध्यक्ष रिजालको भनाई छ ।

सङ्क्रमणमा परेको पर्यटन उद्योगको प्रवद्र्धन विकासका लागि सरकारले नेपालमा विदेशी पर्यटक बढाउनका लागि नीतिगत सुधारका कार्यक्रम पनि अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी