बंगबन्धु गोल्डकपः नेपाल गोल रहित बराबरीमा

बंगबन्धु गोल्डकपः नेपाल गोल रहित बराबरीमा

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं,२५ पुस । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज मलेसियासँग गोल रहित बराबरी खेलेको छ । आक्रमक खेलका बाबजुद नेपालले यस खेलमा पनि गोल गर्न सकेन । यो बराबरीसगै नेपाल र मलेशियाले एक एक अंक बाडेका छन् । पौष २८ मा नेपालले श्रीलका विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।
आयोजक बंगलादेशसहित आठ टोलीको सहभागिता रहेको प्रतियोगितमा नेपाल समूह ए मा छ ।समूह ए मा नेपालसहित मलेसिया, श्रीलंका र आयोजक बंगलादेश छन् भने समूह बी मा बंगलादेशको २३ वर्ष मुनिको टोली, कम्बोडिया, बहराइन र माल्दिभ्स छन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा पुस २८ गते श्रीलंका तथा पुस ३० गते आयोजक बंगलादेशसँग खेल्नेछ ।

विराट महर्जनको कप्तानी रहेको नेपाली टोलीमा अधिकांश २३ वर्षमुनिका खेलाडी छन् । नेपालकोे यो प्रतियोगिता आउँदो माघ २३ गतेदेखि भारतमा हुने दक्षिण एसियाली खेलकुद सागको तयारी स्वरुप हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी