तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ सार्वजनिक

तामाङ भाषाको चलचित्र ‘म्लाङ प्वाँहार’ सार्वजनिक

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौ, २५ पौष ।  तामाङ चलचित्र ‘म्लाङ प्वाँहार’ अर्थात् कालो अरिङ्गाल हिजो सार्वजनिक गरिएको छ ।

चलचित्र निर्माण पक्षले भक्तपुरमा हिजो साँझ पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र सार्वजनिक गरेको हो ।

आगामी फागुनको तेस्रो सातादेखि देशभरका हलमा प्रदर्शन गरिने उक्त चलचित्र तामाङ चलचित्र निर्माण भएकामध्ये पहिलो उच्च प्रविधि र ठूलो लगानीमा भएको निर्माता बिकु थोकरले बताउनुभयो ।

रु २५ लाखको लागतमा चलचित्र निर्माण सम्पन्न भएको हो । समाजका गरिब, निमुखा, बिपन्न र उत्पीडनमा परेका वर्गमाथि पुँजीपति वर्गले गरेको अन्याय, अत्याचार र शोषणविरुद्ध आवाज उठाएको सो चलचित्रमा वर्तमान राजनीतिक विकृतिमाथि ब्यङ्ग्य प्रहार गरिएको छ ।

कार्यक्रममा तामाङ भाषाको पहिलो चलचित्र निर्देशक जयनन्द लामाले ‘म्लाङ प्वाँहार’ चलचित्र सार्वजनिक गर्दै आर्थिक अभावका कारण तामाङ चलचित्र निर्माण हुन नसकेको अवस्थामा यो चलचित्रले निकै आशा जगाएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी