बङ्गबन्धु गोल्ड कप : नेपाल मलेसियासँग भिड्दै

बङ्गबन्धु गोल्ड कप : नेपाल मलेसियासँग भिड्दै

  • शुक्रबार, पुस २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौँ, २४ पुस । नेपालले डिफेन्डिङ च्याम्पियन मलेसियाको सामना गर्दै बङ्गलादेशमा आयोजित बङ्गबन्धु गोल्ड कप फुुटबल प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

बङ्गलादेशको सामसुल हुदा स्टेडियममा नेपालले भोलि दिउँसो ३ः१५ बजे मलेसियाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्न लागेको हो । विभिन्न आठ टोलीले भाग लिएको उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

यसमा नेपाल ‘समूह ए’ मा परेको छ । ‘समूह ए’मा मलेसिया, बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी ‘समूह बी’ मा भने बङ्गलादेश, बहराइन, माल्दिभ्स र कम्बोडिया छन् ।

नेपाली टोलीको गोलकिपरमा एलन न्यौपाने, अमृत चौधरी र विकास कुथु छन् भने डिफेन्डरमा आदित्य चौधरी, अनन्त तामाङ, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, रविन श्रेष्ठ र मनबहादुर तामाङ समावेश छन् ।

त्यसैगरी मिडफिल्डरमा अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ परेका छन् भने स्ट्राइकरको जिम्मेवारी विमल घर्तीमगर, नवयुग श्रेष्ठ, रञ्जन विष्ट र सुमन लामाले पाएका छन् ।

टोलीको प्रशिक्षकमा भने बालगोपाल महर्जन र गोलकिपर प्रशिक्षकमा उपेन्द्रमान सिंह हुनुहुन्छ । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बङ्गलादेश र श्रीलङ्का आज नेपाली समयअनुसार दिउँसो ३ः०० बजे आमनेसामने हुँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी