विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा

विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, २३ पुस । विश्व फुटबल महासङ्घ (फिफा)को विश्व बरियतामा नेपाल दक्षिण एसियाकै पुछारमा झरेको छ ।

फिफाले आज सार्वजनिक गरेको बरियता अनुसार चार स्थान तल झरेको नेपाल १९६ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना नेपाल १९२ औं स्थानमा रहँदा दक्षिण एसिया क्षेत्रको पुछारमा श्रीलङ्का दुई स्थान तल अर्थात १९४ औँ स्थानमा थियो ।
तर भर्खरै सम्पन्न साफ च्याम्पियनसिपमा नेपाललाई १–० ले पराजित गरेको श्रीलङ्काले बरियतामा नेपाललाई अन्तिममा र्पुयाएको छ । भुटानलाई पनि पछि छोडेको श्रीलङ्का आठ स्थान माथि उक्लदै १८८ औं स्थानमा रहन सफल भएको छ ।

भारतसँग पराजित हुँदै साफ च्याम्पियनसिपको उपाधि गुमाउनका बावजुद अफगानिस्तान दक्षिण एसियाको शीर्ष स्थानमा कायम रहँदा तीन स्थान तल झर्दै १५३ औं स्थानमा छ । त्यस्तै समान स्थान तल झरेको माल्दिभ्स १५७ औं स्थानका साथ दोस्रो स्थानमा कायम छ भने साफको उपाधि विजेता भारतले तीन स्थान प्रगति गर्दै १६३ औं स्थानमा छ ।

त्यसैगरी तीन स्थान नै प्रगति गरेको बङ्गलादेश १७९ बरियताका साथ चौथो, एक स्थान तल झरेको पाकिस्तान १८५ अर्थात पाँचौं स्थानमा तथा चार स्थान गुमाएको भुटान १९२ बरियतामा रहँदा सातौं स्थानमा छ ।

यो महिना कुनै अन्तर्रा्ष्ट्रिय खेल नभएकाले बरियताको शीर्ष २२ स्थान अघिल्लै महिनाअनुसार यथावत छ । जसमा बेल्जियम, अर्जे्न्टिना, स्पेन, जर्मनी, चिली, ब्राजिल, पोर्चगल, कोलम्बिया, बेलायत र अष्ट्रिया क्रमशः प्रथमदेखि दशौं स्थानसम्म कायम छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी