चालिस वर्षमा पनि टेलिफोन दिएन सरकारले

चालिस वर्षमा पनि टेलिफोन दिएन सरकारले

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

धरान सुनसरी पौष २३/सुचना तथा प्रविधिलाई गाउ गाउ“सम्म पु¥याउने हल्ला चलाए पनि बि.स.२०३२ सालमा सरकारले घोषणा गरेको कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालयमा अहिलेसम्म एउटा टेलिफोन समेत उपलब्ध गराएको छैन ।
कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले नेपाल पत्रकार महासंघको सुनसरीको टोलीलाई यस्तो बताउनुहुदै यस्तो खुलासा गर्नुभएको हो ।
अहिले इमेल इन्टरनेटको विस्तार गरेको सरकारले आफनै मातहतको सरकारी कार्यालयमा नै सुचना सम्पर्क माध्यमको स्थापना नगर्दा कामकाजमा हैरानी खेप्नु परेको गुनासो अधिकृत शाहले गर्नुभएको छ ।
तत्काल सूचना लिन र दिन असम्भव भएको भन्दै अहिले पनि आरक्ष कार्यालय पत्रचारकै भरमा चल्नु पर्दा आफुलाई निकै असजिलो भएको अधिकृत शाहको भनाई छ । सो क्षेत्रमा तारजडित टेलिफोन नभएको र मोबाइल फोन समेत नलाग्ने भएकाले निकै सास्ती खेप्नु परेको उहांले गुनासो गर्नुभयो ।
सरकारले करोडौं रुपैया खर्च गरेर स्थापित आरक्ष केन्द्रहरुमा २१ औं शताब्दीको उत्तरार्धमा आइपुग्दा सूचना तथा सञ्चारबाट समेत अलग हुनुपर्दा नमिठो महशुस हुने गरेको दुखेसो गर्नुभएको छ ।
पत्रकारहरुको टोली पुष २० गते कोशी टप्पु बन्य जन्तु आरक्षमा अबलोकनका लागि पुगेको थियो ।
सो अवसरमा आरक्षमा ठुलठुला जनसरोकारका विषयमा कार्यक्रम हुदासमेत सञ्चारकर्मीहरुलाई खबर नहुने भन्दै पत्रकारले राखेको जिज्ञासामा प्रमुख संरक्षक अधिकृत शाहले अहिलेसम्म एउटा टेलिफोन समेत जडान नगरिदिएकाले इमेल इन्टरनेटको परिकल्पना सम्म गर्न नसकिएको बताउनु भएको हो ।
एक सय पचहत्तर वर्ग किलो मिटरको क्षेत्रफलमा रहेको आरक्ष सुनसरी, उदयपुर र सप्तरीका १५ वटा गाविसमा फैलिएको छ ।
दुई सय १८ जना सुरक्षाकर्मीसहितको आर्मी क्याम्प स्थापित छ भने ९२ जना निजामति कर्मचारी सो आरक्षमा रहेका छन् ।
कोशी टप्पुमा हात्ति, अर्ना, मृग, चराचुरुङीका साथै माछालगायतका बन्यजन्तुहरु पाइने गरेको छ । ती बन्यजन्तुहरुको सुरक्षाका निम्ति उक्त क्षेत्रलाई आरक्षको रुपमा ४० वर्ष अघि सरकारले घोषणा गरेको हो ।
राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा सुचिकृत उक्त आरक्षमा जम्मा १० वटा हात्तिको दरबन्दी भएपनि ०४२ सालबाट ७ वटा हात्ति चितवन राष्ट्रिय निकुञ्जमा १५ जना कर्मचारीसहित कागमा रहेका छन् ।
कागमा रहेका हात्तिको फिर्ता बोलाउने तयारीका साथै आरक्षलाई सुचना सञ्चारको पहुचमा पु¥याउन पहल भइरहेको बताइएको छ ।
लगातारको बन्दका कारण अहिले एकजना पनि विदेशी पर्यटकहरु भित्रिएका छैनन् भने आन्तरिक पर्यटकहरुको पनि कमी आएको आरक्ष कार्यालयले जानकारी दिएको छ । पर्यटकहरुको विगत वर्षहरुमा घुइचो लाग्ने उक्त क्षेत्रमा बन्द हड्तालका कारण निकै सुनसान बन्दै गएको छ । जसवापत ठुलो नोक्सानी व्यहोर्नु परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी