राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

  • बिहिबार, पुस २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौ, २३ पुस ।

बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली आज बंगलादेश प्रस्थान गरेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो।

यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बिदाइ गरेका छन् ।

आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा प्रतिस्पर्धा गर्ने २३ वर्षमुनिको राष्ट्रिय टोली बलियो बनाउन भन्दै एन्फाले प्रतियोगिताका लागि अधिकांश युवा खेलाडी छनोट गरेको छ । एन्फासँगको विवादका कारण प्रमुख प्रशिक्षक प्याट्रिक ओसेम्स अनुपस्थित भएपछि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाइ दिइएको छ ।

कुल ८ टोली सहभागी प्रतियोगितामा नेपाल आयोजक बंगलादेश, मलेसिया र श्रीलंकासँगै समूह ‘ए’मा परेको छ । यस्तै, समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स रहेका छन् । भोलिदेखि सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शनिबार मलेसियासँग खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी