काठमाण्डौ, २१ पुस ।
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागका लागि राष्ट्रिय खेलकुद परिषद्ले बन्द प्रशिक्षण शुरु गरेको छ । तेक्वान्दो बाहेक अन्य खेलको बन्द प्रशिक्षण आजदेखि शुरु भएको परिषद्ले जनाएको छ ।
भारतको गुहाटी र सिलोङमा हुने सागमा नेपालले २३ खेलमा सहभागिता जनाउने छ ।नेपालले आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, फुटबल, ह्यान्डबल, हक्की, जुडो, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, लनटेनिस, ट्रायथलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु र साइक्लिङमा सहभागिता जनाउने छ ।
हक्कीको महिला टिम मात्र सहभागी हुने छ । पुरुष टिमको हकमा आफ्नै खर्चमा सहभागी हुन चाहे त्यसका लागि राखेपले स्विकृति दिने बताएको छ । नेपालबाट १ सय ९१ पुरुष र १ सय ९५ महिला गरी जम्मा ३ सय ८६ खेलाडीले सहभागिता जनाउनेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline