मोहन मावि मधुवनले स्वर्ण जयन्त्री मनाउने

मोहन मावि मधुवनले स्वर्ण जयन्त्री मनाउने

  • मङ्लबार, पुस २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

धरान,सुनसरी पौष २१ / सुनसरीको मधुवन ७ मा रहेको श्री मोहन माध्यमिक विद्यालयले आफनो स्वर्ण जयन्ती विभिन्न कार्यक्रमको भोली मनाउने भएको छ ।

आज विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरि बि.स.२०२३ सालमा स्थापना भएको विद्यालयले आफ्नो ५० वर्ष पुगेकोे अवसरमा विभिन्न कार्यक्रम गरि स्वर्ण जयन्ति मनाउने लागेको बिद्यालयका प्रधानाध्यापक भोजराज न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार स्वर्ण जयन्तीको अवसरमा विद्यालयले सप्ताह ब्यापि कार्यक्रम अन्र्तगत खेलकुद कार्यक्रम, पुरस्कार वितरण, स्मारिका प्रकाशन, स्मारक स्तम्भ स्थापना र विद्यालयका संस्थापक, अभिभावक, शिक्षाप्रेमी, समाजसेवी, चन्दादाता लगायतलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनु भयो ।

३ सय ५० जना विद्यार्थी संख्या रहेको विद्यालयमा बाल विकास केन्द्र संगै कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपान गरिदै आएको प्राधानाध्यापक न्यौपानले बताउनु भयो ।

२०६८ सालबाट मात्र १० कक्ष सञ्चालनको अनुमती पाएको सो विद्यालयमा एक जना राहात शिक्षक सहित १० जना शिक्षकको दरबन्दी रहेको छ ।

त्यस बाहेक समुदायको सहयोगमा अन्य ६ जना शिक्षकहरु कार्यररत रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।

त्यस्तै सो विद्यालय अघिल्लो वर्ष सुनसरी जिल्लामा पहिलो अपाङ्ग मैत्री विद्यालय समेत घोषित भएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी