काठमाडौ २१ पौष ।
स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक राफेल बेनिटेज नियुक्त भएको सात महिनामै बर्खास्त भएका छन् ।
कार्लोस एन्सिलोटीलाई प्रतिस्थापन गरेर प्रशिक्षकमा नियुक्त भएका बेनिटेजको ठाउँमा अब रियलकै पूर्व खेलाडी जिनेदिन जिदानले लिने छन् ।
जिदान अहिले रियल मड्रिडको बी टिमको प्रशिक्षकको रुपमा कार्यरत छन् । ५५ वर्षीय बेनिटेजमाथि गत नोभेम्बरमा चिरप्रतिद्धन्द्धी बार्सिलोनासँगको इएल क्लासिकोमा ४–० ले रियल पराजित भएपछि दबाब बढेको थियो ।
स्पेनिस ला लिगामा रियल मड्रिड १८ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । क्लबले जिदानसँगको सम्झौता सार्वजनिक गरेको छैन ।
जिदानले रियल मिड्रडको प्रशिक्षकको रुपमा पहिलो खेल आगामी शनिबार डिप्रोटिभो ला कोरुनासँगको खेल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline