बंगबन्धु गोल्डकपका लागि बिराज महर्जनको कप्तानीमा नेपाली टिमको घोषणा

बंगबन्धु गोल्डकपका लागि बिराज महर्जनको कप्तानीमा नेपाली टिमको घोषणा

  • सोमवार, पुस २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, २० पौष । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबलका लागि एन्फाले बिराज महर्जनको कप्तानीमा राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । कप्तान अनिल गुरुङको अनुपस्थितमा एन्फाले महर्जनलाई कप्तानको जिम्मा दिएको छ ।

टिममा गुरुङ सहित रोहित चन्द र गोलकिपर किरण चेम्जोङ समावेश छैनन् । चन्द मलेसियाली क्लवमा सम्झौता गर्न क्वालालम्पुर पुगेका छन् । २३ वर्ष मुनिको धेरै खेलाडीलाई स्थान दिएका कारण सिनियर खेलाडीले बंगबन्धु गोल्डकपमा मौका नपाएका हुन् ।

एन्फाले गोलकिपरहरुमा विकेश कुथु, एलेन न्यौपाने र अमृत चौधरीलाई राखेको छ यस्तै डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, मानबहादुर तामाङ रहेका छन ।

यस्तै मिडफिल्डरहरुमा अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजीत श्रेष्ठ, जाङबु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल र तेज तामाङ रहेका छन । फरवार्डहरुमा नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा रहेका छन ।

मुख्य प्रशिक्षक प्याट्रिक एजम्स साफ च्याम्पियनसिप फुटबल लगत्तै बिदामा युरोपतिर लागेका कारण एन्फाले बालगोपाल महर्जनलाई प्रशिक्षक र उपेन्द्रमान सिंहलाई गोलकिपर प्रशिक्षक बनाएको छ ।बंगबन्धु गोल्डकपको समूह एमा रहेको नेपालले ९ जनवरीमा मलेसियाविरुद्ध, १२ जनावरीमा श्रीलंकाविरुद्ध र १४ जनवरीमा आयोजक बंगलादेशविरुद्ध खेल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी