१९ पौष, मंगलसेन / मंगलसेन नगरपालीकाको सावीकको मंगलसेन गावीसका ८७ बर्षीय धाग्डे लुहार चौमासीक अन्र्तगतको ४ हजार भत्ता बुझेपछी खुसी भए । उहा पौष १९ गते आईतबार आफुलाई राज्यले उपलब्ध गराएको जेष्ठ नागरीक भत्ता बुझ्न राष्टिय बाणीज्य बैंक मंगलसेनमा ३ घण्टा पैदल हिडेर बल्ल पुगेका थिए । उनले भने, “मेरो लागी भत्ता बुझ्न आउनु एक जुनीबाट अर्को जुनी पारे गरेझै हो ।” लुहारले भने “भत्ता बुझ्नका लागी नपुगी सुखै छैन् त्यो बाहेक अरु केही बिकल्प नै छैन् ।”
नगरपालीका वडा नम्बर ३ बिरालतोलीका ६७ बर्षीय दले ढोली पनी दमको बिरामी छन् । उहापनी आईतबार नै सामाजीक सुरक्षा भत्ता लिन बैंक पुग्नुभएको थियो । उनले भने, “आउदा त ट्याक्टरको पछाडी ट्रलीमा बसेर आईयो अब कसरी जाने चिन्ता लागीरहेको छ ।” ३ बर्ष अघी देखी दमका बिरामीले ग्रसीत ढोलीले भने, “घरमा बसेर केही आराम गर्न पाएपनी भत्ता बुझ्न आउदा झन बिरामी पर्ने गरेको छु झन आज त ट्रकाक्टरको ट्रलीमा आईयो अहीले नै शरीर दुख्न लागीसकेको छ ।”
मंगलसेन नगरपालीका वडा नम्वर ५ का ७० बर्षीय लक्षीमा ढुंगानाको भने खुट्टा भाच्चीएको एक बर्ष बित्यो । उनी अहीले कान समेत सुन्दैनन् । उनलाई निर्जीब बस्तुझै उनकी बुहारी रत्ना ढुंगानाले पिठुयुमा बोकेरै राष्टिय बाणीज्य बैक मंगलसेन पुर्याईन । उनले भनीन्, “सासु आमालाई खाली ल्याएर चेकबुकमा ल्याप्चे गराउनुपर्छ बाकी काम सबै आफैले गर्नुपर्छ । उनले थपीन । “यसरी बृद्ध बृद्धालाई बैंकमा नै बोलाएर भत्ता बितरण गर्नाले आफुजस्तै केही छोरा बुहारीले पुर्याउने बृद्ध बृद्धालाई सजह भएपनी आफै धौ धौ बैकमा पुग्ने बृद्ध बृद्धलाई भने खुबै सास्ती भएको छ ।”
यस्तै नगरपालीकाको सावीबको मंगलसेन गावीस वडा नम्वर ७ भाडवाडाकी ७२ बर्षीय बृद्धा मन्दरी भाट पनी एक्लो जिवन बिताईरहेकी छन् । उनले केही समय पहीले भत्ता घरमा पाउदा सहज भएपनी अहीले बैंकमै आएर भत्ता बुझ्नुपर्दा एकदमै झन्झटीलो भएको बताइन । उनले भनीन । “अरु गाउ घरमा नै भत्ता पुर्याएको सुन्दा आफुहरुलाई पनी घरमा नै पुर्याईदीएको भए आफुलाई पनी सजीलो हुन्थ्यो ।”
नगरपालीकाकै ८५ बर्षीय चन्द्रा धामीलाई पनी उनाका छोरा लोक बहादुर धामीले आईतबार आमालाई हातमा डोर्याएरै बैंकमा पुर्याए । उनाले रकम पार्दशीताका लागी सामाजीक सुरक्षा भत्ता बैंकमा उपलब्ध गराउनुले बृद्ध बृद्धाहरुले दुख पाईरहेको बताए ।
तर केही बृद्ध बृद्धाहरु भने चेक काटेर बैकमा पुगीसकेपछी भने रकम नपाएर रित्तो हात फर्कीएका छन् । त्यस मध्यकै एक हुनु नगरापालीका वडा नम्वर ५ की रम्भा कामी । उनी आईतबार दिउसो करीब एक बजेतिर चेकबुक काटेर बैक गएपछी खातामा रकम जम्मा नभएको जानकारी पाउदा पैसा नलीएरै नगरपालीका फर्कीन ।
नगरपालीकाका कार्याकारी अधीकृत मिम बहादुर शाहीले भने केहीले यसअघी बिभीन्न सञ्चारमाध्यमबाट सुचना प्रशारण गरेपनी परीचय पत्र अध्याबधीक नगरेका कारण खातामा रकम जम्मा नभएको र केहीको अध्याबधीक भएपनी रकम जम्मा गर्न छुटेको बताए । अधीकृत शाहीले बृद्ध बृद्धाले बैंकमा पुगेर दुख पाउनुको दोषी आफुनभई राज्य प्रणाली भएको बताए । बैंक प्रणालीबाट रकम बितरण गर्दा यस अघी रकम बाडबाफाडमा हुने हिनामीनामा कमी आई पारदर्शी भएको उनको भनाई छ ।
यता राष्टिय बाणीज्य बैक मंगलसेन शाखाका कर्मचारीले भने बैंक प्रणालीबाट रकम बितरण गरीदा काम पारदर्शी भएपनी बैकका कर्मचारीहरुले सामाजीक सुरक्षा भत्ता बितरणको समयमा बृद्धबृद्धाहरु बैंकको प्रणालीबारे अनबिज्ञ हुदा अलीकती झन्झन बेर्होनुपरेको बताएका छन् । बैकका सहायक प्रबन्धक गणेश बिष्टका अनुसार बाणीज्य बैक मंगलसेन मार्फत मंगलसेन नगरपालीकाको सावीकको मंगलसेन गावीसका ६ सय ५४ जना बृद्ध बृद्धा र एकल महीलाका लागी २० लाख २६ हजार सबैको खातामा जम्मा भईसकेको छ । प्रबन्धक बिष्टले बाणीज्य बैक शाखाको साफेवगर नगरपालीकाको सावीकको चण्डीका र भागेश्वर गावीसमा र कृषी बिकास बैक साफेवगर शाखा मार्फत साफेवगर नगरपालीकाको सावीकको मष्टामाण्डौ गावीसमा बैकबाट सामाजीक सुरक्षा भत्ता बितरण हुदा बृद्ध बृद्धाहरुले समस्या भोग्नुपरेपनी बैकको यो प्रणालीबाट सरकारलाई फाईदा हुनुका साथै रकम बितरणमा पुर्ण पारदर्शी भएको बताए ।
राज्यले संघीय मामीला तथा स्थानीय बिकास मन्त्रालय मार्फत जिवीस अन्र्तगत नगरपालीका र गाउ बिकास समीती मार्फत जेष्ठ नागरीक अन्र्तगत ७० बर्ष पार गरीसकेका बृद्धबृद्धालाई एक हजार र बाकी ६० बर्ष पुरा गरेका दलीत बृद्ध बृद्धालाई र एकल महीलालाई ५ सयका दरले चौमासीक सामाजीक सुरक्षा भत्ता बितरण गर्दै आएको छ । यस्तै अपांगता भएका क बर्गको परीचय पत्र पाएकालाई एक हजार ख बर्गको परीजय पत्र पाएकालाई ७ सय, ग बर्गको परीचय पत्र पाएकालाई ५ सय र घ बर्गको परीचय पत्र पाएका अपांगता भएका व्यक्तिलाई ३ सयका दरले मासीक सामाजीक सुरक्षा भत्ता बितरण गर्ने गरेको छ । जिल्लाका ३ नगरपालीका र ५४ गावीस मध्ये मंगलसेन नगरपालीकाको सावीकको मंगलसेन गावीस, साफेवगर नगरपालीकाको चण्डीका र भागेश्वर र मष्टामाण्डौ गावीस बाहेक सबै ठाउमा गावीसमा नै गावीस सचीव र गावीस सहजकर्ताले सामाजीक सुरक्षा भत्ता बितरण गर्दै आएका छन् ।


