भारतले जीत्यो साफ कप

भारतले जीत्यो साफ कप

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पुष २० एजेन्सी । भारतको केरलामा आज सम्पन्न ११ औं साफ् च्याम्पियनसिप कपको उपाधी आयोजक भारतले जीतेको छ ।
त्रिवेन्द्रम रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा भारतले चीर प्रतिद्धन्दी अफ्गानिस्तानमाथि २–१ को जीत निकाल्यो ।
अफ्गानिस्तानले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।  जुबेर अमीनीले ७० औं मिनेटमा अफ्गानिस्तानका लागि गोल गरे । तर त्यसको २ मिनेटमै भारतका जेजेले गोल फर्कार खेल बरारीमा ल्याए ।

त्यस पछि निर्धारीत ९० मिनेटको खेल बराबरीमा सकिए पछि थपिएको आधा घण्टाको समयमा भारतका लागि सुनील थापाले एक गोल गरे पछि भारतको उपाधी यात्रा सहज बनेको थियो । खेलको अन्त्य तिर भारतीय खेलाडीले डिबक्स भित्र बल क्लियर गर्ने क्रममा हातले छोएको बललाई एम्पायरले पेनाल्टी नदिए पछि अफ्गानिस्तानका प्रशिक्षक तथा खेलाडी आक्रोसित बनेका थिए ।

डिफेन्डिङ च्याम्पियन अफ्गानिस्तान उपविजेतामा सीमित भएको छ । पाकिस्तान बाहेक अन्य सात टिम सहभागी भएको खेलमा नेपाल, बंगलादेश र भुटान समुह चरणबाटै बाहिरीएका थिए भने श्रीलका र माल्दिभ्स सेमी फाईनलबाट बाहिरीएका थिए । अर्को १२ औं साफ कप बंगलादेशमा हुन साफ कमिटिले घोषणा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी