आहा रारा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने

आहा रारा गोल्डकपमा १२ टिमले प्रतिस्पर्धा गर्ने

  • आइतवार, पुस १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१९ पौष ।

पोखरामा माघ ५ गतेदेखी १६ गतेसम्म संचालन हुने आहा रारा गोल्डकपको १४ औं संस्करणमा ३ विदेशीसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन ।

आयोजक सहारा क्लवले आज पत्रकार सम्मेलन गरी भारत, भुटान र बंगलादेश सहित १२ टिम प्रतियोगितामा सहभागी हुने जनाएको छ । प्रतियोगितामा विभागीय क्लवहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव र सशस्त्रको एपीएफ क्लवले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै नेपालका ए डिभिजन क्लवहरु रुस्लान थ्रीस्टार क्लव, लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लव, नव जनजागृति युवा क्लव सिमरा, रमपम झापा ११, आयोजक सहारा क्लव पोखरा र जावलाखेल युथ क्लवले पनि भाग लिने आयोजक साहारा क्लवका अध्यक्ष बिरभद्र आचार्यले जानकारी दिए ।

प्रतियोगिता अवधी भरमा टिकट काट्ने दर्शक मध्येबाट एक जनालाई गोलाप्रथा गरी सहारा हङकङको प्रायोजनमा १ तोलाको सुनको सिक्का र सिजी ग्रपले एलजी टिभी प्रदान गर्ने क्लवले जनाएको हो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटनको रुपमा स्थापित गरौं’ भन्ने मूल नाराका साथ यहि माघ ५ गतेदेखी १६ गतेसम्म प्रतियोगीता संचालन हुने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी