काठमाडौं, १९ पौष ।
वैद्य माओवादी निकट युवा संगठनका एक केन्द्रिय सदस्यलगाएत पाँच सहित ६ जना कार्यकर्ता नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीमा प्रवेश गरेका छन् ।
आज एक विज्ञप्ति सार्वजनिक गर्दै क्रान्तिकारी युवा लिग, केन्द्रिय सदस्य जीवनसिंह बम्जनसहित क्रान्तिकारी युवा लिगकै श्याम विश्वकर्मा, पुसा तामाङ, रञ्जित परियार, योङ्ग कम्युनिष्ट लिका दिलबहादुर सुनुवार र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी जुली राईले विप्लव माओवादीमा प्रवेश गरेको बताउनु भएको छ ।
पार्टीले १० वर्षे महान जनयुद्धको उपलब्धिको रक्षा गर्दै आन्दोलनलाई पूर्णता दिन थप कार्य्दिशाको बिकाश प्रक्रियालाई पुर्णता दिनुको साटो कार्यदिशा विकासको प्रक्रियालाई छोडेर नेतृत्व तह र पार्टी आत्मसमपर्णको दिशामा लागेको भन्दै पार्टी त्याग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उहाहरुले सुधारिएको संसदीय ब्यबस्थालमा सामेल हुन नसक्ने भन्दै विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीबाट महान जनयुद्धका शहिद, बेपत्ता, घाइते, अपांगता भएका तथा सम्पूर्ण नेपालीहरुकोे अपुरो सपनालाई पूरा गर्नका लागि अघि बढ्ने बताउनु भएको छ ।
त्यस्तै उहाहरुले बैद्य नेतृत्वमा रहेको माओवादीलाई वामपन्थी लफ्फाजी क्रान्तिकारीहरुको झुण्ड भएको आरोप समेत लगाउनु भएको छ ।
