काठमाण्डौ,१८ पौष ।
राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक प्याट्रिक ओसेम्सले अखिल नेपाल फुटबल संघ एन्फासंग सम्झौता नविकरण नगर्ने घोषणा गरेका छन् । एन्फासंग भिजन नै नभएको भन्दै ओसेम्सले ट्वीटरमार्फत सम्झौता नविकरण नगर्ने घोषणा गरेका हुन ।
बेल्जियमका ओसेम्स गत सेप्टेम्बरमा ६ महिनाका लागि नेपाली प्रशिक्षकमा नियुक्त भएका थिए । अझै एक महिना बाकी रहदै उनले सम्झौता नविकरण नगर्ने बताउका छन । उनको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिप खेल्यो तर, समूह चरणबाटै बाहिरियो ।
आफूले फुटबलको विकासका लागि दिएको योजनाबारे एन्फाले कुनै रेस्पोन्स नगरेको भन्दै उनले एन्फामा व्यवसायिकताको अभाव, भिजन र विकास योजना नभएको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline