कालीकोटमा युवा खेलाडी सम्मानित

कालीकोटमा युवा खेलाडी सम्मानित

  • शुक्रबार, पुस १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कालीकोट, १७ पुस ।

जिल्लामा पहिलोपटक खेलाडीहरुलाई सम्मानित भएका छन् ।

जिल्लामा खेल क्षेत्रमा राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत दुईजना सम्मानित भएका छन् । स्युना गाविसका खेमबहादुर शाही र बदालकोट गाविसका रामबहादुर शाहीलाई सम्मान गरिएको हो ।

खेमबहादुर शाहीलाई स्युना गाविसले आठौँ गाउँ परिषद्बाट दोसल्ला ओढाइ सम्मान गरेको छ भने बदालकोट गाविसको कार्यालय पनि गाउँ परिषद्को उद्घाटन समारोहमा दोसल्ला ओढाइ सम्मान गरेको हो ।

खेमबहादुर शाहीले ज्याम्लिङ र सटपुट खेलमा राष्ट्रियस्तरमा अग्रस्थान कायम राखेको भन्दै गाविसले सम्मान गरेको हो भने रामबहादुर शाहीले भलिबल खेलमा राष्ट्रियस्तरमा सहभागी भएकाले गाविसको मात्र नभई जिल्लाको नाम राखेको भन्दै सम्मान गरेको हो ।

गाविसस्तरमा प्रत्येक वर्ष राम्रो काम गर्नेलाई सम्मान र नराम्रो काम गर्नेलाई बहिष्कार गर्ने वातावरण हुनुपर्ने स्थानीय सूर्यबहादुर शाहीले बताउनुभयो । उहाँले राम्रोलाई सधैँ सहयोग गरेर नयाँ उचाइमा लिनुपर्नेमा जोड दिनुभयो ।

कालीकोट जिल्लामा खेललगायतका क्षेत्रमा उल्लेखनीय योगदान गरेबापत सम्मान र पुरस्कृत गर्ने कामको थालनी गाविसस्तरबाट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी