काठमाडौ १७ पौष । भारतीय क्रिकेटर विराट कोहली बर्ष क्रिकेट खेलाडीमा छनोट भएका छन् ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले टिमका टेष्ट कप्तान कोहलीलाई सन् २०१५ को बर्ष क्रिकेट खेलाडी छनोट गरेको हो ।
कोहलीको नेतृत्वमा इन्डियाले पछिल्लो समय टेष्ट क्रिकेटमा केही ठुला सफलता हात पारेको छ । अष्ट्रेलियाबिरुद्धको टेष्ट क्रिकेटमा महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेपछि २७ बर्षिय कोहलीलाई कप्तान नियुक्त गरिएको थियो ।
उनको नेतृत्वमा इन्डियाले श्रीलंकाली भुमीमा २२ बर्षपछि सिरिज जितेको थियो । यसका साथै इन्डियाले विश्वको नम्बर एक टोली साउथ अफ्रिकालाई हराउदै ९ बर्षपछि विदेशी भुमी सिरिज हात पार्न सफल भएको थियो ।
दाहिने हाते व्याटसम्यान कोहलीले यस बर्ष १५ टेष्टमा ४२ दशमलव ६७ को औसतमा ६ सय ४० बनाएका छन् । यसका साथै कोहलीले ट्वान्टी २० प्रतियोगितामा ३६ दशमलव ६५ को औसतमा ६ सय २३ रन बनाएका छन् ।