राजविराज । ५५ वर्षिय बिल्टु पासमान विहीवार निकै हर्षित देखिन्थे । जिल्ला प्रहरी कार्यालय सप्तरीमा बडो प्रशन्न मुद्रामा भेटिएका उनिसँगै उनको पत्नी ४५ वर्षिय चम्पा देवी पनि मख्ख थिइन् ।
९ महिनाअघि हराएकी पत्नी चम्पा सकुशलै भेटिएपछि विल्टु मात्र होइन उपस्थित परिवारजन पनि निकै खुशि देखिन्थे । “९ महिनादेखि हराएकी पत्नीलाई खोज्दा–खोज्दा थकित र निराश भएर बसेको बेला अचानक जिल्ला प्रहरी कार्यालय, सप्तरीबाट “तिम्रो पत्नी फेला प¥यो लिन आऊ” भन्ने खवर फोनमार्पmत आयो पासमानले भने “यहाँ आएर पत्नीलाई भेटेपछि खुशीको सिमा नै रहेन” ।
रौतहट जिल्ला खर्साहा गाविस २ निवासी पासमानका अनुसार पत्नी चम्पा गत बैशाख महिनामा आएको भूकम्प पछि हराएकी थिइन् । भूकम्प आउन ७ दिनअघि मात्र पासमानको १४ वर्षिय जेठो छोरा हराएको थियो छोरा हराएको शोक मै तनावमा रहने गरेकी उनले मानसिक सन्तुलन समेत गुमाउन पुगेकी थिइन् ।
बैशाख १२ गते आएको भूकम्पका बेला भारतबाट राहत सामाग्री लिएर आएको ट्रक राहत सामाग्री ओसारेर फर्किन लाग्दा उनी छोरा खोज्न जाने मनसायले घरमा कसैलाई केही नभनी सोही ट्रकको पछाडी चढेर भारतको मुजफरपुर पुगेकी थिइन् ।
भारतीय प्रहरीले परिचय माग्दा पनि दिन नसक्ने अवस्थामा रहेकी उनलाई मुजफरपुर स्थित सवेरा नामक अल्पवास संस्था (महिला सेफ हाउस) को जिम्मा लगाईएको थियो । अल्पवासका अधिकृत तथा संस्थाका सञ्चालक मोहन कुमारको प्रयासमा निरन्तर ९ महिनासम्म चम्पाको उपचार ब्यवस्था समेत मिलाईएको थियो । उनी निको भएपछि बल्ल उनले आफ्नो परिचय र छोरा हराएको कथा ब्यथा सुनाएपछि उक्त संस्थाले आवश्यक पहल शुरु गरेको थियो ।
संस्थाले सो महिलावारे पुरै विवरण लेखी फेस बुकमा पनि सार्वजनिक गरेका थिए । यसैबिच अधिकार तथा महिला क्षेत्रमा व्रिmयाशील सेतु सामुदायिक विकास तथा मानव अधिकार संरक्षण मञ्च (सेकडिहुरफ) सप्तरीकी अध्यक्ष आभा सेतु सिंहसम्म फेसबुक मार्पmत सो महिलाको अवस्थाबारे खवर पुग्यो ।
अध्यक्ष सिंहका साथै मानव अधिकारकर्मी जंग बहादुर सिंह, भारतको मुजफरपुर नै पुगी चम्पाको उद्धार गरी जिल्ला प्रहरी कार्यालय, सप्तरी ल्याई पु¥याएका थिए । यस कार्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले पनि निकै सहयोग गरेको संस्थाकी अध्यक्ष सिंहले बताईन । प्रहरी उपरीक्षक सिंहले फेला परेकी चम्पालाई विहीवारै पत्रकार, अधिकारवादीको उपस्थितिमा परिवारजनको जिम्मा लगाएको बताए ।
उनले यस कार्यमा सघाउने भारतको सवेरा र सप्तरीको सेकडिहुरफ दुवै संस्था धन्यवादको पात्र रहेको बताए । चम्पालाई लिएर जिल्ला प्रहरी कार्यालय परिसरबाट वाहिरिँदै गर्दा पासवान दम्पत्तिले भने “तपाईहरुको सहयोगले हामीले दोस्रो जीवन नै पाएको महशुस भएको छ ।”