काठमाडौं,१६ पुस ।
भारतको केरलामा जारी ११ औं साफ च्याम्पियनसिप फुटबलमा आज सेमिफाइनलका खेल हुँदैछ ।
फाइनल प्रवेशका लागि आयोजक भारतले माल्दिभ्स तथा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछन ।
भारत र माल्दिभ्सबिचको पहिलो सेमिफाइनल खेल त्रिवेन्द्रम रंगशालमा नेपाली समय अनुसार दिउँसो पौने चार बजेपछि सुरु हुनेछ भने अफगानिस्तान र श्रीलंकाबिचको खेल बेलुका पौने सात बजेपछि त्रिवेन्द्रम रंगशालामै हुनेछ ।
नेपाल रहेको समूह ए बाट भारत समूह विजेता तथा श्रीलंका उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् । यस्तै समूह बी बाट अफगानिस्तान समूह विजेता तथा माल्दिभ्स उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।
नेपाल, बंगलादेश र भुटान भने समूह चरणबाटै बाहिरिएका छन । नेपाल र भुटानले प्रतियोगिताका एउटा पनि खेल्न जित्न सकेनन् भने बंगलादेशले चाहि समूहको अन्तिम खेलमा भुटानलाई पराजित गरेको थियो ।