काठमाडौ १५ पौष ।
इंग्लिस प्रिमियर लिग अन्तरगत गएराति सम्पन्न खेलमा लिसेस्टर सिटी म्यानचेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको छ । बराबरीसँगै लेस्टरले लिगको शीर्ष स्थानमा फर्किने मौका पनि गुमाएको छ ।
घरेलु मैदान किङ पावर स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट गोल हुन सकेन । खेलमा जीत दुवै टिमका लागि महत्वपूर्ण थियो । खेलमा लेस्टरले जीत हात पारेको भए दुई अंकको अग्रता सहित शीर्ष स्थमानमा उक्लिने थियो ।
म्यानचेस्टर सिटीले जितेको भए लिसेस्टरसँग अंक बराबरी तथा शीर्ष स्थानको आर्सनलसँगको दूरी एकमा झर्ने थियो । १९ खेलबाट ३९ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ ।
समान १९ खेलबाट ३९ अंक नै जोडेको लिसेस्टर गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट ३६ अंक छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline