काठमाडौं, १४ पुस ।
आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा बोर्नमाउथलाई २–० ले पराजित गरेर आर्सनल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको पहिलो हाफको २७ औं मिनेटमा गब्रियलले आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा नै १–० ले अघि रहेको आर्सनललाई ६३ औं मिनेटमा मेसुत ओजिलले गोल गर्दै २–० को जित दिलाएका हुन ।
जितपछि शीर्ष स्थानमा उक्लिएको आर्सनलको १९ खेलबाट ३९ अंक रहेको छ । यस्तै एक खेल कम खेलेको लिसेस्टर सिटीको ३८ अंक छ । गए राति नै भएको अर्को खेलमा वाटफोर्डलाई २–१ ले राएको टोटनह्याम तेस्रो स्थानमा उक्लिएको छ ।
टोटनह्यामको १९ खेलबाट ३५ अंक छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी समान ३५ अंकसहित चौंथो स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline