काठमाडौं, १३ पौष ।
इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा अन्तर्गत आज आठ खेल हुदै छन । पहिलो खेलमा नेपाली समय अनुसार राति पौने ९ बजे वार्टफोर्डले घरेलु मैदानमा टोटहामको समाना गर्दैछ ।
प्रिमियर लिग अन्तर्गत सोही समयमा हुने अन्य खेलहरुमा वेष्टब्रोम र न्युकासल, नर्विच सिटी र एस्टोन भिल्ला, एभर्टन र स्टोक सिटी तथा क्रिष्टल प्यालेस र स्वान्सी सिटी भिड्ने छन् ।
यस्तै राति सवा ११ बजे म्यान्चेष्टर युनाइटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्ने छ । यस्तै राती सवा ११ बजे नै हुने अन्य खेलहरुमा आर्सनल र बोर्नमाउथ तथा वेष्टहाम र साउथह्याम्पटबिच प्रतिस्पर्धा हुने छ ।
प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत १८ आंै चरणको समाप्ती सम्म ३८ अंक जोडेको लेष्टर सिटी अंक तालिकाको शिर्ष स्थानमा छ । यस्तै, ३६ अंक जोडेको आर्सनल दोस्रो तथा ३५ अंक जोडेको म्यान्चेष्टर सिटी तेस्रो स्थानमा छ ।