जुम्लाका छ मेडलिस्ट काठमाडौँ अल्ट्रा म्याराथनमा सहभागी हुने

जुम्लाका छ मेडलिस्ट काठमाडौँ अल्ट्रा म्याराथनमा सहभागी हुने

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

जुम्ला, १३ पुस ।

यही पुस १८ गते काठमाडौैँको गोकर्णमा सञ्चालन हुने म्याराथन दौड प्रतियोगितामा जुम्लाका छ जना मेडलिस्ट सहभागी हुने भएका छन् ।

द नर्थ फेस काठमाडौँ अल्ट्राद्वारा आयोजित म्याराथुनमा भाग लिने खेलाडीलाई कर्णाली स्पोर्टस् क्लबले आज बिहान बिदाई गरेको छ । म्याराथनमा पुरुषतर्फ ८० किमीमा राजन रोकाया, ५० किमीमा दीपेन्द्रबहादुर बम, २७ किमीमा गोविन्दप्रसाद अधिकारीले भाग लिएको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

त्यसैगरी, महिलातर्फ हङकङ दौड प्रतियोगितामा प्रथम स्थान हात पारेकी विष्णुमाया बुढा, क्षेत्रीय दौड प्रतियोगितमा द्वितीय भएकी सुनमाया बुढा र तृतीय भएकी पूर्णलक्ष्मी न्यौपानेले १२ किमीमा भाग लिने उहाँको भनाइ छ ।

उनीहरुलाई निःशुल्क काठमाडौँसम्म पु¥याउनका लागि बस व्यवसायीद्वय सूर्यप्रसाद डुम्रे र कमलप्रसाद डुम्रेले सहयोग गर्नुभएको छ । त्यस्तै खेलाडीको लागि जिविस, जिल्ला खेलकुद विकास समिति र निर्माण व्यवसायी सङ्घ जुम्लाले रु ४० हजार सहयोग गरेका छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी