काठमाडौं, १२ पौष ।
भारतीय सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन सिबिएसइबाट स्वीकृत लिई सञ्चालित स्कुल मोर्डन इन्डीयन विरुद्ध विप्लव माओवादी निकट अखिल क्रान्तीकारी उपत्यका विशेष सम्वनय समितिले प्रदर्शन गरेको छ ।
करिब १६ सयको सख्यामा चोभारस्थित मोर्डन इन्डीयन अगाडि पुगेको विद्याथीहरुले राज्यको कानुन विपरित नेपालमा संचालीत मोर्डन इन्डियन लगाएतका अनाधिकृत विद्यालयहरुको सम्बन्धन खारेजीको माग गार्डे नाराबाजी गरेका हुन ।
नेपालको शिक्षा नियमावली शिक्षा ऐन र मापदण्ड विपरित दर्ता नै नगरि विद्यालय सञ्चालन गरेको, विद्यार्थीहरुलाई कञ्चनजंघा हिमाल भारतमा पर्छ, भारतीय झण्डा नै नेपाली राष्ट्रिय झण्डा हो भनेर पढाएको तथा भारतीय राष्ट्रिय गान अनिवार्य गाउन बाध्य पारी नेपाल विरोधि पाठ्यसामाग्री समावेश गरि पठनपाठन गरेकोले सम्बन्धन खारेजीसहित विरोध गरिएको अखिल क्रान्तीकारीको महासचिव दिपेन्द्र चलाउनेले जानकारी दिएका छन् ।
आफनो क्षेत्रफल ३० रोपनी मात्रै भएपनि वाग्मती नदि, सामुदायीक बन, र स्थानीय मन्दीरको ७० रोपनी जग्गा हडपेर बसेको समेत उनको आरोप छ । क्रान्तीकारीले स्कुलको सम्बन्धन तत्काल खारेज गर्न सरकारसंग जोडदार माग गरेको छ ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्व निकट अखिल क्रान्तीकारीले विगतदेखि नै मोर्डन इन्डीयन स्कुलको विरोध गदै आएकोे छ । नेपालको राष्ट्रियतामा आँच आउने खालका यस्ता गम्भिर कार्य बन्द नगरे थप सशक्त आन्दोलनमा उत्रिने संगठन उपत्यका विशेष समन्वय समितीका संयोजक लोकेश विश्वकर्माले चेतावनी दिए ।

