साफ च्याम्पियनसीपमा नेपालले आयोजक भारतको सामना गर्दै

साफ च्याम्पियनसीपमा नेपालले आयोजक भारतको सामना गर्दै

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १२ पौष ।
भारतको केरलामा जारी ११ साफ च्याम्पियनसीपमा आज नेपालले आयोजक भारतको सामना गर्दैछ । खेल जेपाली समय अनुसार साँझ पौने सात बजेपछि केरला स्थित त्रिवेन्द्रम रंगाशालामा हुनेछ ।

आफ्नो पहिलो खेलमा श्रीलंकासँग १–० ले पराजित भएको नेपाल प्रतियोगिताको अघिल्लो चरणमा पुग्नका लागि आजको खेल जित्नै पर्ने दवावमा छ । आज भारतलाई पराजित गर्न नसके नेपाल समुह चरणबाटै बाहिरिनेछ ।

समुह ए बाट भारत र श्रीलंकाले १÷१ जित हात पार्दै समान ३ अंक जोडेको छ भने गोलअन्तरका आधारमा आयोजक भारत समुहको शिर्ष स्थानमा छ । भारतविरुद्ध १–० को मात्र जीत हात पर्ने नेपाल अर्को चरणमा प्रवेश गर्नेछ ।

सन् २०१३ मा भएको खेलमा नेपालले भारत पराजित गरेको थियो । त्यसपछि नेपाल र भारतबीच भएको चार खेलमा दुई खेल भारतले जितेको छ भने दुई खेल बराबरीमा टुङ्गिएको थियो । त्यसकारण पनि नेपालले भारतलाई पराजित गर्नु लाई चुनौतीको रुपमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी