अठार बर्षको संघर्षले पनि उकालो लागेन जीवन

अठार बर्षको संघर्षले पनि उकालो लागेन जीवन

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाण्डौं ,१२ पुष  ।

तलबका रुपमा १५ सय रुपैया हातमा थापि चाल्नाखेलमा रहेको एभरेष्ट ग्यास उद्योगमा २०५४ सालमा काम गर्ने पर्वतका लीलाधर शर्मा पौडेल अहिले पनि आफ्नै ग्यास डिलरमा पसिना बगॉउछन् ।
आफ्नो भएको जग्गा जमिन बेचविखन गरेर खाना पकाउने एलपि ग्यासको कारोवारमा लागेका उनको अहिले सामाकोसीमा आफ्नै डिलर छ । जसबाट साईबाबा , श्रीकृष्ण र भानु ग्यास बिक्रि वितरण भईरहेको छ ।

उनको व्यावसाय राम्रैसँग चलेको थियो तराईमा आन्दोलन सुरु हुनु अघि सम्म । जव मधेशमा आन्दोलन चर्कियो अनी भारतले नाकाबन्दी गरेसँगै ईन्धन नेपाल भित्रन छोड्यो त्यो सँगै उनको व्यावसायमा पनि नराम्रोसँग धक्का लाग्यो । त्यति मात्र हैन उनका धेरै सपना र कल्पनाहरु पनि सिसा झै चर्किएर जमिनमा झरे ।
उनको सपना टुटेको यो नै पहिलो पटक भने हैन । यसअघि २०५८ सालमा पनि यै व्यावसायबाट उनी डुबिसकेका थिए । आफ्नो लगानी सम्म उठाउन नसकेर उनले पसल नै बेची साहुको क्रृण तिरेका थिए ।

धौलागिरी अन्चलको पर्वत खानीगॉउ वडा नम्बर ८ मा जन्मिएका लिलाधर बिबाह गरेसँगै काठमाण्डौ छिरेका थिए । उनलाई सुरुमा काठमाण्डौमा बस्न त्यति कठिन पनि भएन । उनी मेहनतमा विश्वास गर्थे र आफ्नो कामलाई ईमान्दारीताका साथ पुरा गर्थे । सोही बानीले उनलाई आज सबैका मॉझ चिनाउन सफल पनि भएको छ ।

राजधानीको बसाई पानिपोखरीमा ८ सय रुपैयामा कोठा भाडा अनी अन्य खर्चका लागी एभरेष्ट ग्यासको उद्योगमा क्िरव एक बर्ष जति काम गरे । जब उनले यो पेसाका बारेमा बुझै त्यहॉबाट काम छोडेर आफै ग्यास डिलर खोले । उनको ईमान्दारीतालाई नै देखेर बिक्री भएपछि तिर्ने सर्तमा उद्योगले बॉकी ग्यास दियो ।
सुरुमा राम्रैसँग चलेको उनको व्यावसाय उनी आफैले घाटामा पुर्याए । लिलाधर भन्छन् मलाई साहुले बॉकी ग्यास दियो । मैले पनि ग्राहकलाई बॉकी नै दिए । तर पछि धेरैले पैसा नै तिरेनन् । अन्त्यमा सोही पसल बेचेर त्यो क्रृण फिर्ता गरे । उनी भन्छन् महिनामा करीव ८ सय ग्यास जान्थ्यो । त्यो समयमा एउटा ग्यासको मुल्य जम्म ३ सय ६५ रुपैया मात्र थियो ।
एक पटकको गल्तिबाट पाठ सिकेका उनले पुन सुरु गरेको व्यावसायमा ग्राहकलाई बाकी दिन छोडे । उनको डिलरबाट प्राय होटलहरुलाइ ग्यास जान्थ्यो । महिनामा एउटै होटलले ९० वटा बढी ग्यास नियमित लाने गरेको उनी बताउछन् । मासिक १५ सय भन्दा बढी ग्यास उनले विक्री गर्दै आएका छन् ।

व्यावसाय राम्रैसँग चलेको र आम्दानी पनि भईरहेको थियो ।उनले भने ,करिव २ लाख जति जम्मा गरेको थिए ।त्यसैमा क्रृण गरि साढे तीनलाखमा नेपालटारमा ४ आना जग्गा किने । तर पछि पुनः सो जग्गा पनि बेचेर फेरी लागेको क्रृण तिरे ।

अहिले मासिक ग्यासको कारोबार भए पनि नभए पनि कर्मचारीको तलव, डिलरको भाडा, घर खर्च सहित मासिक ७० हजार भन्दा बढी खर्च भईरहन्छ र उनको आमदामीको स्रोत ग्यास मात्रै हो । तर अहिले यही ग्यासको कारोबार नाकाबन्दी पछि ओरालो लागे पछि उनको गोगबु एरियामै सानो घर किन्ने सपना त रोकियो नै उनलाई जीवन धान्नै पनि कठिन परेको पौडेल बताउछन् ।

सबैसँग मिजासिलो व्यावहार गर्ने पौडेल उखानटुक्काले पसलमा आएका निरास ग्राहकलाई पनि हसिलो बनाएर फर्काउने गर्छन् । जव हामि रिपोटिका लागी उनको डिलमा पुग्यो उनी ग्राहकसँग नै कुरा गर्दै उनीहरुको ना र नम्बर टिप्नमा व्स्त थिए ।

उनले सबै ग्राहकको नाम र नम्बर टिपि पालो अनुसार ग्यास वितरण गर्ने गरेका छन् । जब ग्यास आउछ अनी पालेमा परेका ग्राहकको नाम पसल बाहिर टासिदिन्छन र उनीहरुलाई फोन समेत गरि ग्यास लिन बोलाउने गरेका छन् ।

जब हामी त्यहा पुग्यो ग्यासको लाईन थिएन । हामीले जिज्ञासा राख्नेबित्तिकै उनले भने ,मैले सबैलाई भनेकु छु ईच्छा छ मेरो पसल अघि ग्यास राखेर बस्ने बस्नुस् हैन भने नाम लेखाएर गए हुन्छ । जब पालो आउछ ग्यास आएपछि फोन गरेर बोलाउछु अनी लैजानुहोला ।

१८ वर्ष ग्यास बेच्दा पनि जीवनमा आर्थिक प्रगति नभए पनि उनी सन्तुष्ट भने छन् । पौडेल भन्छन् “ग्यास बेचेर म भोको पनि छैन धेरै कमाएको पनि छैन , तर ईज्जत कमाएको छु ” । यो नाकाबन्दी कायमै रहेमा भने भविष्यमा अझै संकट आउन सक्ने उनको अनुमान छ ।

नाकाबन्दीका कारण ग्यास माग्नेहरुका कारण लिलिधरकी श्रीमती सरीता भने आजित भईसकेकी छन् ।

उनी आजकल तरकारी किन्न समेत जान छाडेकीछन् । उनी भन्छिन् “कहि कतै निस्कीएको देख्ने बित्तिकै ग्यास आएन ,कहिले आउछ भन्दै घेरीहाल्छन् ,त्यसैले घरबाट बाहिर नै निस्कदिन । ” त्यति मात्र हैन बिरामि भएर घरमा सुतिरहेको अवस्थामा पनि घरमै आएर ढोका ढक्ढकाएर हैरान पार्ने गरेका छन् ।

लिलाधर पौडेल जस्तै अन्य ग्यास व्यवशायीको पनि अवस्था नाकाबन्दी पछि निकै कठिन बनेको छ ।तर संकट र अभावलाई अवसरको रुपमा लिई बढी मुल्यमा ग्यास बेचेर कालोबजारी गर्नेहरुले भने अहिले राम्रै आम्दानी पनि गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी