काठमाडौं, ११ पौष ।
भारतको केरलामा जारी ११ औं साफ च्याम्पियनसिपमा आज दुई खेल हुदैछन् । केरला स्थित त्रिवेद्रम रंगाशालामा हुने खेलमा आज समुह बी अन्तर्गत बंगलादेश र माल्दिभ्स तथा अफगानिस्तान र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
आजको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सबीच प्रतिपर्धा हुनेछ । खेल नेपाली समय अनुसार अपरान्न पौने चार बजेपछि सुरु हुनेछ ।
यस्तै त्रिवेन्द्रम रंगशालामै साँझ पौने सातबजे हुने दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले भुटानसँग खेल्नेछ । यसअघि भएको समुहको पहिलो खेलमा अफगानिस्तानले बंगलादेशलाई ४–० तथा माल्दिभ्सले भुटानलाई ३–१ ले पराजित गरेको थियो ।
अफगानिस्तान र माल्दिभ्स आआफ्नो दोस्रो खेलमा पनि जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउका साथ मैदान उत्रिदैछन् । यस्तै बंगलादेश र भुटान पनि आजको खेलमा जीत हात पार्दै सेमिफाइनल यात्राको सम्भावना कायम राख्न चाहन्छन् ।