काठमाण्डौं , ७ पुष ।
भारतीय नाकाबन्दी, मधेश आन्दोलनका कारणले राजधानीमा ईन्धनको अभाव कायमै रहेको बेला तेलका लागि लामो लामो लाईन बस्नु परेको छ ।
ब्लाकमा तेल हाल्दा पनि नपुगेर हप्तामा एक पटक पाईने तेलका लागि त्रिपुरेश्वरको दशरथ रंगशालाको छेवैमा रहेको मायाराम भोलाराम पेट्रोल पम्पमा एक साता अघि झडपको फरक दृष्य देखियो ।
प्रहरीले आफूमाथि हेलमेटले हानेको दावी गरी ३ जनालाई पक्राउ गर्यो भने लाईनमा बसेका युवाले प्रहरीले जबरजस्ती लाईन मिचेर आफ्नो सवारी साधन छिराउन खोज्दा विवाद भएको दावी गरेका छन् । सो झडपका क्रममा यस्तो दृष्य देखियो ।
यस मुद्धामा काठमाण्डौं त्रिपुरेस्वरका स्थानीय ५३ वर्षे अरुण बैद्यका दुई छोरालाई प्रहरीले सार्वजनिक मुद्धा चलाएको छ ।
वैद्य परिवारले आफूहरुलाई प्रहरीले अनावस्यक दुख दिएको गुनासो गरेका छन् ।
यसै गरी टेकु सहित विभिन्न राजधानीका पम्पहरुमा पनि यसरी झडप र तनावको स्थिति नभएको होईन ।
हेर्नुस भिडियो ।