यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल आइतबार हुने

यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल आइतबार हुने

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, पुस ३ ।

एएफसी यु–१४ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेल आगामी आइतबार राजधानीमा हुदै छ । बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण स्थगित भएको खेल आइतबार हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

आज पत्रकार सम्मेलन गरी एन्फाले फाइनल खेल आयोजनाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गत वैशाख १२ गते काठमाडौंको दशरथ रंगशालामा हुनुपर्ने नेपाल र बंगलादेशबीचको फाइनल खेल सोहि दिन गएको भूकम्पका कारण स्थगित भएको थियो ।

गत वैशाख ७ गतेदेखि १२ गतेसम्म काठमाडौंमा आयोजना भएको १४ वर्षमुनिको एएफसी च्याम्पियनसिप महिला फुटबलमा नेपाल र बंगलादेशसहित भारत, इरान, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले सेमिफाइनमा भारतलाई १–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो भने बंगलादेशले इरानलाई २–० ले निराश पार्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम केन्द्रको फुटबल मैदानमा फाइनल खेल हुने जनायएको छ । फाइनल खेल्न बंगलादेशको टोली नेपाल आइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी