त्रिभुवन आर्मी क्लब विजयी

त्रिभुवन आर्मी क्लब विजयी

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, २ पुस । सर्वाधिक पुरस्कार राशि भएको ढोरपाटन ब्ल्यू स्काई राष्ट्रिय महिला डबल लिग भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

नयाँ बसपार्कमा भएको उक्त प्रतियोगितामा आर्मीले बुटवलको एभरेस्ट बोर्डिङ स्कूललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । आर्मीले एभरेस्टलाई पहिलो सेट २५–१६, दोस्रो सेट २५–१८ र तेस्रो तथा अन्तिम सेट २५–१० ले पराजित गर्दै प्रतियोगितामा जित हासिल गरेको हो ।
ढोरपाटन स्पोर्ट्स क्लबले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टोलीले रु दुई लाख ६० हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले रु एक लाख ३० हजार पाउनेछ ।
त्यस्तै, प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने टोलीले रु ७० हजार प्राप्त गर्नेछ भने चौथो स्थान हासिल गर्ने टोलीले रु ४० हजार प्राप्त गर्नेछ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रतिभावान् खेलाडी, वुमन अफ द सिरिजल र वर्ष खेलाडी घोषित हुनेले जनही एक–एक थान स्कुटर प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी