काठमाडौं, २८ मंसिर । आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नामिबियाबिचको खेल आउँदो बैशाख ४ गते र ६ गते काठमाडौंमा हुने भएको छ ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद आइसिसीले सोमबार च्याम्पियनसिपको तेश्रो चरणको खेल हुने मिति र खेल स्थल सार्वजनिक गरेको हो ।
खेल त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने छ । तर यसको पूर्वाधार र सुरक्षा व्यवस्थाको अनुगमन गरेर सन्तोषजनक पाइएमा मात्रा प्रतियोगिता कीर्तिमापुरमा सञ्चालन गर्ने सर्त आइसिसीले राखेको छ ।
आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्ड र पपुवान्युगिनीसँग खेलेका सबै ४ खेल हारेको नेपाल कुनै अंक नजोडी अंक तालिकाको पुछारमा छ । अहिलेसम्म खेलेका ४ मध्ये एक खेल जितेका नामिबिया २ अंकसहित छैटौं स्थानमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline