एक वर्षभित्र मुलुकलाई साक्षर बनाउने छौँ :शिक्षामन्त्री

 एक वर्षभित्र मुलुकलाई साक्षर बनाउने छौँ :शिक्षामन्त्री

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

भक्तपुर, २७ मङ्सिर । भक्तपुर पूर्ण साक्षर जिल्ला घोषित भएको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अनौपचारिक शिक्षा समिति भक्तपुरले आज दरबारस्क्वायरमा आयोजना गरेको समारोहमा जिल्लालाई २० आँै पूर्ण साक्षर जिल्ला घोषणा गर्नुभएको हो । कार्यक्रममा मन्त्री पोखरेलले साक्षर जिल्ला घोषणा भएको अवसरमा जिल्ला शिक्षा कार्यालय भक्तपुरलाई रु पाँच लाख पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा शिक्षामन्त्रीले सन् २०१५ सम्ममा देशलाई पूर्ण साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिइए पनि त्यो पूरा हुन नसकेकामा चिन्ता व्यक्त गर्दै आगामी एक वर्षभित्र ७५ वटै जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो—“अब भक्तपुरमा साक्षर हुन बाँकी १२ हजार जनालाई निरन्तर शिक्षा मार्फत साक्षर बनाउन सबैको ध्यान जानुपर्छ ।”

त्यस अवसरमा सांसद रामेश्वर ढुङ्गेलले भक्तपुरलाई साक्षर घोषणा गरे पनि त्यसपछिका चुनौतीलाई सामना गर्न सामूहिक प्रयास हुनुपर्ने औँल्याउनुभयो । सांसद प्रेम सुवालले भक्तपुर जिल्लामा ‘एक घर एक स्नातक’ बनाइने अभियान सुरु गरिएको बताउँदै भक्तपुरलाई ‘ख्वप’ विश्वविद्यालय सञ्चालन गर्न सरकारले तत्काल अनुमति दिनुपर्ने माग गर्नुभयो ।

शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितले सन् २०३० सम्ममा विश्वभर दिगो विकास गर्ने लक्ष्य लिइएकाले नेपालको शिक्षालाई पनि त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनभयो । शिक्षा विभागका महानिर्देशक खगराज बरालले साक्षरलाई अब सीपसँग जोडेर अगाडि लैजानुपर्ने बताउनु भयो ।

त्यस अवसरमा अनौपचारिक शिक्षा केन्द्रका निर्देशक दिवाकर ढुङ्गेल, प्रजिअ तोयम राया, नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, जिल्ला शिक्षा अधिकारी दिनेशकुमार श्रेष्ठलगायतले निरन्तर शिक्षाबाट सबैलाई साक्षर बनाउन सबै निकायले काम गर्नुपर्ने बताउनु भयो ।

शिक्षा समितिका अध्यक्ष एवम् स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीले भक्तपुरको जनसङ्ख्याको ९६.७४ प्रतिशत अर्थात् दुई लाख ९८ हजार ७०४ नागरिक पूर्ण साक्षर भएकाले जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको बताउँदै निरक्षर नौ हजार ७४१ जनालाई अब सञ्चालन हुने निरन्तर कक्षाबाट साक्षर बनाइने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी