काठमाडौ २७ मंसिर । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको पुनः शीर्ष स्थानमा उक्लिएको छ ।
गएराति सम्पन्न खेलमास्वान्सी सिटीलाई २–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष स्थानमा फर्किएको हो ।
म्यानचेस्टर सिटीका लागि २६ औं मिनेटमा विल्फ्रेड बोनीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट लामो समयसम्म गोल हुन सकेन ।
९० औं मिनेटमा स्वान्सीका बफ्टोम्बी गोमिसले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो ।
तर इन्जुरी समयमा केलिची इहिनोचोले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–१ को जित दिलाए । जितपछि १६ खेलबाट ३२ अंकसहित म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानमा रहेको लिसेस्टर सिटीको १५ खेलबाट ३२ अंक नै छ भने १६ खेलबाट १४ अंक जोडेको स्वान्सी १६ औं स्थानमा छ ।
गएराति राति नै सम्पन्न अर्को खेलमा वाटफोर्डले सन्डरल्याण्ड र क्रिष्टल प्यालेसले साउथ ह्यामप्टनलाई समान १–० गोल अन्तरले पराजित गर्यो ।