एएफसीद्धारा निलम्बित नेपाली फुटबल खेलाडीले फिक्सिङ गरेका अन्तर्रा्ष्ट्रिय खेलको सूची सार्वजनिक

एएफसीद्धारा निलम्बित नेपाली फुटबल खेलाडीले फिक्सिङ गरेका अन्तर्रा्ष्ट्रिय खेलको सूची सार्वजनिक

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, मंसिर २६ । एसियन फुटबल महासंघ (एएफसी)ले निलम्बित नेपाली फुटबल खेलाडीले मिलेमतो (फिक्सिङ) गरेका अन्तर्रा्ष्ट्रिय खेलको सूची सार्वजनिक गरेको छ ।

एएफसीको अनुशासन कमिटीले आज म्याच फिक्सिङ प्रकरणमा आजीवन प्रतिबन्धमा परेका राष्ट्रिय टोलीका पाँच खेलाडीले मिलेमतो गरेको खेलको सूची सार्वजनिक गरेको हो ।

एएफसीका अनुसार नेपाली खेलाडीहरुले फिक्सिङ गरेका खेलमा सन् २००८ तथा २००९ मा भएको अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र सन् २०११ मै मलेसियासँग भएको २३ वर्षमुनिको मैत्रीपूर्ण खेल छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, राष्ट्रिय टोलीका पूर्वखेलाडी विकाससिंह क्षेत्री र अन्जन केसीलाई म्याच फिक्सिङको आरोपमा प्रहरीले गत असोजमा पक्राउ गरेको थियो ।

विशेष अदालतमा राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा खेपिरहेका उनीहरु गत कात्तिक २४ गते धरौटीमा रिहा भएका थिए ।

केही दिनअघि मात्र एएफसीले खेल मिलेमतोमा संलग्न भएको भन्दै उनीहरुलाई आजीवन फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी