मिस ई कलेज को लागि २० जना छनौट

मिस ई कलेज को लागि २० जना छनौट

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं,मंसिर २६ । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत ६ वर्ष देखि आयोजीत कलेजमा अध्ययनरत टिनएज युवतीहरुमा “मिस ई कलेज” को आज छौटौं संस्करणको पहिलो छनौट पुतलीसडक स्थित नेम क्याफेमा सम्पर्न भएको छ ।
कलेजमा अध्ययनरत युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको जानकारी र सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै उच्च शिक्षाको अध्ययनको लागि सहयोग पु¥याउने र समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेत्ुले यो कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो ।

विगत ६ वर्षदेखि काठमान्डौमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो छौटौ चरणको संस्करणको लागि उपत्यकामा रहेका ३० भन्दा वढि विभिन्न कलेजहरुवाट छात्राहरूको आवेदन आएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए हाल पहिलो अडिसनवाट २० जना प्रतियोगीहरु समावेश गरिने छ ।

पहिलो चरणको छनोटमा क्याम्पीयन एकाडमीका प्रिन्सीपल नविनमान श्रेष्ठ , मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने, तथा म्यूजीक भिडियो डाइरेक्टर समन अधिकारी तथा अडिसन को निर्णायक मण्डल थिए ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई पौष १ गतेवाटप्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा शारारिक फिटनेश ,फोटो सेसन व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल ,नारकोनन नेपाल, वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया भिजीट , कल्चरल भिजीट र दामन स्थित एभरेष्ट पानोरमा रिसोटमा हस्पीटालीटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ ।

स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विभिन्न विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । माघको पहिलोे साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा हुनेछ ।

प्रतियोगिताका विजेताले “मिस ई कलेज”े को ताज उपाधि सहित रु एकलाख ६० हजार पर्ने स्कुटर र उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति , नेपाल एयर होस्टेज एकाडमीको तर्फवाट रु १५ हजार वरावरको एयर होस्टेज तालिम दिइने छ, साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।

फस्ट रनर अपले मोवाइल ट्याव र सेकेण्ड रनर मोवाइल फोन साथै १ वर्षको छात्रावृत्ति र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि सव टाइटल प्रदान गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी