अफ्रिकन वर्ष फुटबलरको उपाधि याया टुरेलाई

अफ्रिकन वर्ष फुटबलरको उपाधि याया टुरेलाई

  • शनिबार, मंसिर २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २६ मंसिर ।  बिबिसीले प्रत्येक वर्ष प्रदान गर्दै आएको अफ्रिकन वर्ष फुटबलर २०१५ को उपाधि याया टुरेले जितेका छन् ।

अवार्डका लागि याया टुरेले सबै भन्दा बढी मत पाएर अफ्रिकन वर्ष फुटबलरको उपाधि जितेका हुन् ।

यासिन ब्राहिमी, पियरे एमरिक औबामायाङ, अन्ड्रे आयु र साडियो मेनलाई पछि पार्दै ३२ वर्षीय आइभरी कोस्टका मिडफिल्डर टुरेले दोस्रो पटक यो उपाधि हात पारेका हुन् ।

इंग्लिस क्लब म्यानचेस्ट सिटीबाट व्यावसायिक फुटबल खेल्ने टुरले यसअघि सन् २०१३ मा पनि यो उपाधि जितेका थिए । उपाधि पाउँदा आफू निकै खुशी भएको टुरेले बताएका छन् ।

यसअघि नाइजेरियाको नोवान्को कानु र जय जय आकोकाले दुई पटक यो उपाधि जितेका थिए । बिबिसीले सन् २००० देखि फुटबल समर्थकको मतको आधारमा एक जना खेलाडीलाई अफ्रिकन वर्ष फुटबलरको उपाधिले सम्मान गर्ने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी